पश्चिम नेपालमा आज देखि फेरी चिसो बढ्ने, हिमपात र हल्का वर्षाको सम्भावना सचेत रहन आग्रह

७ पुष २०८१, आईतवार
नेपालको पश्चिमी भूभागमा अबको केही दिन चिसो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमी क्षेत्रमा बदली, हल्का वर्षा र हिमपात हुने अनुमान गरिएको छ।
वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, आजदेखि विशेषगरी कर्णाली क्षेत्रमा प्रभाव देखिन थाल्नेछ। सोमबार प्रणालीको प्रभाव अझै बलियो भई लुम्बिनी प्रदेशसम्म फैलिने र काठमाडौँ उपत्यकामा पनि थोरै असर पर्ने सम्भावना छ।
कँडेलले बताइन्, “पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै जाने भएकाले काठमाडौँमा छिटफुट वर्षा र बदलीको स्थिति मात्र हुनेछ। तर, चिसो केही बढ्ने देखिन्छ।”
यस प्रणालीका कारण पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिमपात र तराईमा चिसो बढ्ने अनुमान गरिएको छ।
अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेको छ। तराई तथा उपत्यकाका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, पर्यटन, सडक यातायात, र हवाई उड्डयनमा प्रभाव पर्ने सम्भावना छ।
यसअघि, मङ्सिर २९ गते यस वर्षकै अत्यधिक चिसो रेकर्ड गरिएको थियो। त्यस दिन काठमाडौँको न्यूनतम तापक्रम २ डिग्री र जुम्लाको माइनस ७।२ डिग्री पुगेको थियो। मौसम विभागले सतर्क रहन र चिसोबाट बच्न आवश्यक तयारी गर्न सबैलाई आग्रह गरेको छ।

टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने
मङ्गलबार, माघ २९, २०८१, धनगढी । कैलालीको टीकापुर नगरपालिकालाई गुलाफको सहर बनाउने अभियान थालिएको छ । भ्यालेन्टाइन–डे अर्थात् फेब्रुअरी १४ देखि यो

सुक्खा हिउँद, किन परेन पानी
काठमाडौँ , २०८१ माघ २८ गते सोमबार । तत्काल पानी पर्ने सम्भावना नदेखिएपछि हिउँदे खडेरी पर्ने भन्दै विज्ञहरुले कृषि, जल, वन, ऊर्जालगायत क्षेत्रमा असर

तराईमा दिउँसो हुस्सु कम हुँदै, भोलिदेखि हिमपातको सम्भावना
पुष २०, २०८१ शनिबार । काठमाण्डौ – तराईमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने गरेकोमा हिजोदेखि सुधार हुन थालेको छ । बिहानपख हुस्सु लागे पनि दिउँसो हटेर
प्रतिकृया दिनुहोस