आजको मौसम
२०८१ भदौ २२ गते शनिबार, । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
तराईमा दिउँसो हुस्सु कम हुँदै, भोलिदेखि हिमपातको सम्भावना
पुष २०, २०८१ शनिबार । काठमाण्डौ – तराईमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने गरेकोमा हिजोदेखि सुधार हुन थालेको छ । बिहानपख हुस्सु लागे पनि दिउँसो हटेर
पश्चिम नेपालमा आज देखि फेरी चिसो बढ्ने, हिमपात र हल्का वर्षाको सम्भावना सचेत रहन आग्रह
७ पुष २०८१, आईतवार नेपालको पश्चिमी भूभागमा अबको केही दिन चिसो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी न्यूनचापीय
चिसो बढ्यो, तापक्रम घट्दा कठ्याङ्ग्रिने जाडो, सुदूरपश्चिम र कर्णालीमा हिउँदे वर्षा र हिमपात
२०८१ मंसिर २५ गते, मंगलबार । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली छ। बदलीसँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा
प्रतिकृया दिनुहोस