प्रदेश सरकारले बजेट उपलब्ध नगराउदा कञ्चनपुरमा कृषक अनुदानबाट बन्चित

२०८१ भदौ २१ गते शुक्रबार,कञ्चनपुर । यस बर्ष प्रदेश सरकारले बजेट उपलब्ध नगराउदा कञ्चनपुरका किसान अनुदानमा आधारित बीउ विजनबाट बन्चित हुने देखिएका छन् ।

 

सुदुरपश्चिम प्रदेश सरकारले समयमैं बजेट ल्याउन नसक्दा कञ्चनपुरमा यस वर्ष किसानहरुलाई अनुदानमा बीउ बिजन उपलब्ध गराउन नसकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको हो ।

 

प्रदेश सरकारले दिने बजेट अभावकै कारण पहिलो त्रैमासिकमा नै उत्पादन गर्ने बीऊ ,बेर्ना कृषकलाई उपलब्ध गराउन समस्या भएको कृषी ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत हरिदत्त जोशी बताउँछन ।

 

यस अघिका बर्षहरुमा समयमा कृषकलाई सेवा प्रभाग गर्दा राजश्व समेत सङ्कलन हुने गरेको तर अहिले यो काम ठप्प हुँदा कार्यालय खर्चमा समेत असर परेको र राजश्व समेत उठाउन नसकेको उनले जानकारी दिएका छन् ।

 

केन्द्रले गत आर्थिक वर्ष मा कञ्चनपुरकोे बेदकोट, शुक्लाफाँटा, लाल्झाडीमा रैथाने वाली उत्पादन ९थारु आलु प्रवर्द्धन० मा ७८ अनुदानग्राही कृषक समूहलाई १० लाख बजेट उपलब्ध गराएको जनाएको छ । जस मध्ये पुरुष २ सय ७३,महिला २ सय ८०,दलित १०,आदिबासी जनजाती २ सय ९३,अन्य २सय ९ गरी जम्मा ५ सय ५३ कृषक लाभान्वित भएका थिए ।

 

यसैगरी खाधान्न बिउ अन्तर्गत उन्नत गहुँको बिउ अनुदानग्राही कृषक समूहसमुह ६८ वटा रहेका थिए ।

 

जसमध्ये पुरुष ६ सय ६२,माहिला ३ सय ६५,दलित ५,आदिबासी जनजाति ५ सय ५०,अन्य ४ सय ७२ गरी जम्मा १ हजार ५२ जना लाभान्वित भएका छन् ।

 

गत आवमा युवा लक्षित व्यवसायिक च्याउ खेती कार्यक्रममा रु १० लाख, एकल महिला, मुक्त हलिया, दलित, अपाङ्ग भएका व्यक्तिका लागि लक्षित तरकारी खेती रु १९ लाख, पोलीहाउस निर्माणका लागी रु १० लाख, बगर खेती क्षेत्र विस्तारका लागि रु १० लाख, युवा लक्षित तरकारी खेतीका लागि रु १६ लाख , युवा लक्षित व्यवसायिक मौरीपालन कार्यक्रमका लागी रु ५ लाख, कन्चनपुरकोे थारु समुदाय उत्थान विशेष कार्यक्रम बसन्ते मकै खेतीरतरकारी खेती रु २० लाख, विनियोजन भएकोे थियोे ।

 

यस्तै व्यवसायिक फलफूल खेती, केरा लिची, मेवा, कागति, अम्बा, फलफूल बगैंचा स्थापनाका लागि रु २० लाख, चैते धान प्रवर्द्धनकोे लागि रु १० लाख, हिउँदे तथा बसन्ते मकैका लागि रु १० लाख, कृषि ऋणकोे व्याज अनुदान कार्यक्रम उत्पादन लागत न्यूनीकरण आयोजनाकोे लागि रु ४० लाख, कृषि जन्य उद्योग आदीको लागि विद्युत महसुलमा अनुदान लागत न्यूनीकरण आयोजनाकोे लागि रु १५ लाख, कृषि यान्त्रिकरण अनुदान तर्फ रु ५० लाख आएको थियो ।

 

यस वर्ष प्रदेश सरकारले बजेट समयमा नल्याउँदा सबै तिर लथालिङ्ग भएको छ।

प्रतिकृया दिनुहोस

आजको मौसम

२०८१ भदौ ३१ गते सोमबार,। मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तर तर्फ र पूर्व तिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी

आजको मौसम

२०८१ भदौ ३० गते आईतबार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास

सुदूरपश्चिम सहित पश्चिमी भेगमा ठूलो वर्षा रोकियो, नदीहरुमा जलस्तर उस्तै, सुदूरपश्चिममा आजदेखि मौसममा सुधार हुने सम्भावना

२०८१ भदौ २९ गते शनिबार, कञ्चनपुर । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि