आजको मौसम

२०८१ भदौ १८ गते मंगलबार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग हित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

तराईमा दिउँसो हुस्सु कम हुँदै, भोलिदेखि हिमपातको सम्भावना

पुष २०, २०८१ शनिबार । काठमाण्डौ – तराईमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने गरेकोमा हिजोदेखि सुधार हुन थालेको छ । बिहानपख हुस्सु लागे पनि दिउँसो हटेर

पश्चिम नेपालमा आज देखि फेरी चिसो बढ्ने, हिमपात र हल्का वर्षाको सम्भावना सचेत रहन आग्रह

७ पुष २०८१, आईतवार   नेपालको पश्चिमी भूभागमा अबको केही दिन चिसो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी न्यूनचापीय

चिसो बढ्यो, तापक्रम घट्दा कठ्याङ्ग्रिने जाडो, सुदूरपश्चिम र कर्णालीमा हिउँदे वर्षा र हिमपात

२०८१ मंसिर २५ गते, मंगलबार  । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली छ। बदलीसँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा