कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

२०८१ मंसिर १५, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्रवार देखि बाघको गणना सुरु गरिएको छ।

 

निकुञ्जको जङ्गल क्षेत्रमा क्यामेरा ‘ट्यापिङ’ विधिबाट बाघको अनुगमन तथा गणना सुरु गरिएको हो। यसका लागि जङ्गल क्षेत्रको आवश्यक ठाउँमा क्यामेरा जडान गरिएको छ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले क्यामरा ‘अन’ गरेर आज बाघ गणना कार्यको थालनी गरेका हुन।

 

सो अवसरमा निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीले निकुञ्जका गतिविधि बारेमा प्रकाश पारेका थिए। निकुञ्जमा वर्सेनि बाघको सङ्ख्या बढ्दै गएको अधिकृत चौधरीले बताए। गत वर्ष गरिएको बाघको गणनाका क्रममा निकुञ्जमा ४४ वटा बाघ फेला परेका थिए।

 

यसअघि विसं २०७८ सम्म निकुञ्जमा ३८ बाघ थिए। आर्थिक वर्ष २०७८÷७९ को निकुञ्जको वार्षिक तथ्याङ्कका अनुसार निकुञ्जमा १७ गैँडा, दुई हजार तीन सय १३ बाह्रसिङ्गा र ८२ निलगाई छन्। करिब ५६ प्रजातिका घस्रिने जन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, चार सय ५० प्रजातिका चरा रहेका छन्। 

प्रतिकृया दिनुहोस

आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईँदै

२०८१ पुस २७ गते । काठमाडौं । ३०३‌ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, आज नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन

सुदूरपश्चिममा पुष २९ गते सार्वजनिक बिदा

२०८१,पुष २७ गते । सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर

एसईई मा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

२०८१ पौष ०५ गते, शुक्रबार । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ एनजी आएको विषयको मात्रै