शुक्लाफाँटा नगरपालिका वडा न.–९ मा निःशुल्क आँखा शिविर सञ्चालन हुने

१९ माघ, २०८१ झलारी। शुक्लाफाँटा नगरपालिका–९ मा आँखा शिविर सञ्चालन हुने भएको छ। वडा कार्यालयको आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा निःशुल्क एक दिने आँखा शिविर सञ्चालन हुन लागेको हो।
आँखा सम्बन्धि रोगको परीक्षण तथा उपचारका लागि माघ २१ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मआँखा शिविर सञ्चालन गरिने वडा अध्यक्ष रमेशबहादुर ऐरले बताए।
‘शिविरमा आँखा सम्बन्धि रोगहरुको परीक्षण, परामर्श तथा आवश्यक परेमा मोतियाबिन्दुको शल्यक्रिया निःशुल्क रुपमा गरिनेछ,’ उनले भने, ‘शिविरमा वडा नं। ९ र अन्य वडाका बासिन्दाले पनि सेवा लिन सक्नेछन्।’
मोतिन्दिु, जलविन्दु, आँखामा मासु पलाएको तथा परेलाको आँखाका बिरामीलाई धनगढी नेत्रालयमा निःशुल्क शल्यक्रिया गरिनेछ।
शल्यक्रियाका लागि छनौट भएका बिरामीहरुलाई धनगढीसम्म जान एकतर्फी गाडी भाडा समेत उपलब्ध गराइने छ भने बिरामीलाई औषधी र चश्मा समेत निःशुल्क उपलब्ध गराइनेछ।

शुक्लाफाँटामा नगर गौरवका योजनाहरूको प्रगति अन्तिम चरणमा
२७ फाल्गुण, २०८१, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको कार्य तिब्र गतिमा भइरहेको छ । शुक्लाफाँटा नगरपालिकामा नगर

मणिका धाममा धार्मिक मेला सुरु
२०८१ फाल्गुण २३ गते, झलारी, कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि

मणिकाधाम मेलामा जान, आउन महिला साना किसान सहकारी झलारीले निःशुल्क बस सेवा सञ्चालन गर्ने
भोजराज जोशी, २०८१ फाल्गुण २३ गते शुक्रबार, झलारी । शुक्लाफाँटा नगरपालिका–१० स्थित महिला साना किसान कृषि सहकारी संस्था झलारीले मणिकाधाम मेलामा जाने
प्रतिकृया दिनुहोस