शुक्लाफाँटामा चार विद्यालय भवन एकैसाथ निर्माण हुँदै

२०८१ माघ १७, झलारी,। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चार वटा सामुदायिक विद्यालयका भवन एकैपटक निर्माण थालिएको छ। सङ्घीय सरकारको दुई करोड २४ लाख रुपैयाँको लागतमा विद्यालयका भवन निर्माण थालिएको हो।


नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीका अनुसार वडा नम्बर ४ को पिपलाडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर ७ स्टेशनपुरमा रहेको धर्मजनता माध्यमिक विद्यालय, वडा नम्बर १ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालय र वडा नम्बर ७ सिमलफाँटामा रहेको कृष्ण माध्यमिक विद्यालयमा भवन निर्माण कार्य अगाडि बढाइएको छ।


चार कोठे भवन निर्माणका लागि प्रतिभवन ५६ लाख रुपैयाँका दरले बजेटको व्यवस्था गरिएको छ। निर्माण हुने भवन वातावरणमैत्री एवम् अपाङ्गमैत्री हुने प्राविधिक सहायक जोशीले बताए। (रासस

प्रतिकृया दिनुहोस

शुक्लाफाँटामा नगर गौरवका योजनाहरूको प्रगति अन्तिम चरणमा

२७ फाल्गुण, २०८१, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको कार्य तिब्र गतिमा भइरहेको छ ।   शुक्लाफाँटा नगरपालिकामा नगर

मणिका धाममा धार्मिक मेला सुरु

२०८१ फाल्गुण २३ गते, झलारी, कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि

मणिकाधाम मेलामा जान, आउन महिला साना किसान सहकारी झलारीले निःशुल्क बस सेवा सञ्चालन गर्ने

भोजराज जोशी, २०८१ फाल्गुण २३ गते शुक्रबार, झलारी । शुक्लाफाँटा नगरपालिका–१० स्थित महिला साना किसान कृषि सहकारी संस्था झलारीले मणिकाधाम मेलामा जाने