अछामी बड्डो र अनु खड्काको ‘दुई वचन बोलिजा’ गीतको म्युजिक भिडियो सार्वजनिक

२०८१ असोज १३ गते आइतबार, कञ्चनपुर । चर्चित कलाकार लालबहादुर धामी अछामी बड्डो र मोडल अनु खड्काको मुख्य अभिनयमा रहेको दुई वचन बोलिजा देउडा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

अछामी बड्डो र देवी घर्तीको स्वर तथा लयमा रहेको गीतको म्युजिक भिडियो अछामी बड्डोको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतको म्युजिक भिडियोमा अछामी बड्डोसँगको मुख्य अभिनयमा मोडल अनु खड्काले साथ दिएकी छन् ।

 

पेशाले स्वास्थ्यकर्मी रहेकी खड्का पछिल्लो समय मोडलिङ्कमा पनि स्थापित हुँदै गएकी छन् । राजेन्द्र शाह बिपीको शब्दमा रहेको देउडा गीतको म्युजिक भिडियोको निर्देशन भीम थापा र छायाँकन अमृत उपाध्यायले गरेका हुन् ।

 

अभिनयमा मुख्य भूमिकामा रहेका धामी र खड्कालाई कलाकारहरु प्रदिप पाल, समिक्षा भट्ट, सागर चन्द ठकुरी, अनु चन्द लगायतले साथ दिएका छन् भने दृष्य निर्माण खप्तड फिल्मस्ले गरेको छ ।

प्रतिकृया दिनुहोस

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

२०८१ असोज १८ गते शुक्रबार, । नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक

२०८१ असोज १४ गते सोमबार,। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ। विभिन्न देशमा

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्धारा नेपाल सहित ३२ देशका लागि विजयादशमी २०८१  को टीकाको साइत सार्वजनिक

२०८१ असोज १४ गते सोमबार, काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको