धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झ्याप्लेखोलामा २ वटा बस पहिरोले पुर्‍यो, १४ जनाको शव निकालियो

२०८१ असोज १३ गते आइतबार, धादिङ। धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका९ झयाप्ले खेलामा पहिरोले पुरिएका दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ।

 

पहिरोले पुरिएको अवस्थामा लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको अर्को बसबाट ९ जना गरी १४ जनाको शव निकालिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

 

देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसेनागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ। निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसेमुग्लिन खण्ड क्षतविक्षत छ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२०८१ असोज १३ गते आइतबार, लालझाडी। लालझाडी गाउँपालिका– ४ मा आइतबारराति १ बजेतिर जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मनसुनी विपद्का घटनामा बाढीपहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

देशभर बाढीपहिरोबाट ९९ जनाको मृत्यु भएको छ भने ७२ बेपत्ता भएका छन्। भारी वर्षासँगै आएको बाढीपहिरो र डुबानबाट विपदमा परी हालसम्म ७२ जना बेपत्ता भएका

कञ्चनपुरमा चोरीका घटना बढे, एकै दिन २ मोटरसाइकल चोरी

२०८१ असोज १२ गते शनिबार ​​​​​। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साह तल्लो चौराहस्थित होटल व्यवसायी सौगात सिंहको मोटरसाइकल चोरिएको छ ।