कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२०८१ असोज १३ गते आइतबार, लालझाडी। लालझाडी गाउँपालिका– ४ मा आइतबारराति १ बजेतिर जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी अन्दाजी ५० वर्षीय रामदल रानाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जङ्गली हात्तीको समूह गाउँ पसेपछि भगाउनका लागि घरबाहिर आएर स्थानीय बासिन्दाहरूले होहल्ला गरेका थिए । त्यस क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको बताइएको छ ।
अहिले हात्तीको समूह नजिकैको जङ्गलमा पसेको छ । यस घटना सम्बन्धमा प्रहरी टोली सहित निकुञ्जको टोली घटनास्थलमा खटिएर थप अनुसन्धान गरिरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकञ्जबाट राति तथा दिउँसो निस्कने हात्तीले दैनिक आतङ्क मचाउँदै आएको छ ।
हात्तीले स्थानीयवासीका बालीनाली नष्ट गर्नाका साथै घर टहरासमेत भत्काउने गरेको लालझाडी गाउँपालिका– ४ वडा अध्यक्ष बहादुर रानाले बताउनुभयो ।

जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा पनि भूकम्प महशुस
शनिबार, २३ चैत २०८१,। जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो । शुक्रबार साँझ ८ बजेर

चितवनको सेती दोभानमा बस दुर्घटना, २३ जना घाइते
२०८१ माघ २७ गते, काठमाडौै । चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको

नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत भेटिए, अनुसन्धानमा कुकुर परिचालन
१९ माघ, २०८१ महेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान थालिएको छ। भीमदत्त
प्रतिकृया दिनुहोस