कञ्चनपुरमा चोरीका घटना बढे, एकै दिन २ मोटरसाइकल चोरी

२०८१ असोज १२ गते शनिबार ​​​​​। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१ बन्साह तल्लो चौराहस्थित होटल व्यवसायी सौगात सिंहको मोटरसाइकल चोरिएको छ । बिहीबार राति उनको घरआँगनमा राखेको सुप प्र ०१ ०१० प ५१०५ नम्बरको पल्सर २२० मोटरसाइकल चोरिएको हो ।

 

मोटरसाइकल चोरिएको विषयमा प्रहरीलाई खबर गरिसकेको उनले जानकारी दिए । सिंह बन्साहस्थित डिलाशैनी जगदम्बा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेत छन् । यसैगरी, बेदकोट नगरपालिका३ सामादैजीबाट विरेन्द्रबहादुर महराको मोटरसाइकल चोरी भएको छ । सुप प्र १ प २९८१ नम्बरको मोटरसाइकल बिहीबार राति चोरिएको महराले जानकारी दिए । मोटरसाइकल चोरी सम्बन्धमा ईलाका प्रहरी कार्यालय झलारीले अनुसन्धान गरिरहेको छ ।

 

एक साता अगाडि शुक्लाफाँटा नगरपालिका११ कलुवापुरबाट तिलक जप्रेलको मोटरसाइकल समेत चोरी भएको थियो। उनको मोटरसाइकल अहिलेसम्म फेला परेको छैन् । प्रहरीका अनुसार मोटरसाइकल चोरीमा संलग्नहरुको खोजीका लागि टोली परिचालन गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताएका छन्।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२०८१ असोज १३ गते आइतबार, लालझाडी। लालझाडी गाउँपालिका– ४ मा आइतबारराति १ बजेतिर जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झ्याप्लेखोलामा २ वटा बस पहिरोले पुर्‍यो, १४ जनाको शव निकालियो

२०८१ असोज १३ गते आइतबार, धादिङ। धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा पहिरोले पुरिएका दुईवटा बसबाट १४ जनाको

मनसुनी विपद्का घटनामा बाढीपहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

देशभर बाढीपहिरोबाट ९९ जनाको मृत्यु भएको छ भने ७२ बेपत्ता भएका छन्। भारी वर्षासँगै आएको बाढीपहिरो र डुबानबाट विपदमा परी हालसम्म ७२ जना बेपत्ता भएका