सिसैयाको बिन्द्रावन सामुदायिक वनमा बृक्षारोपण

झलारी, साउन १० गते बिहीबार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका९, सिसैया स्थित श्री बिन्द्रावन सामुदायिक वनमा बृक्षारोपण गरिएको छ। यही साउन ९ र १० गते दुई दिन गरि सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा उक्त सामुदायिक वनमा सात हजार बोटबिरुवाहरु रोपिएको बिन्द्रावन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मोहन सिँह ऐरले बताएका छन्।

 

सामुदायिक वनको बार्षिक कार्यक्रम अन्तर्गत अमला, लिप्टिस लगायतका बिभिन्न प्रजातिका डालेघाँसका बिरुवाहरु सम्पुर्ण उपभोक्ताहरु मिलेर रोपिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ऐरले बताए। सामुदायिक वनमा प्रत्येक वर्ष बार्षिक कार्यक्रम अन्तर्गत  बृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको उनले बताए । जस अन्तर्गत यस वर्ष पनि बृक्षारोपण गरिएको छ । बृक्षारोपण कार्यक्रममा उक्त सामुदायिक वनका सम्पुर्ण उपभोक्ताहरुको सहभागिता रहेको थियो। वन उपभोक्ता समुहका पदाधिकारीहरु तथा वनका उपभोक्ताहरु को उपस्थितिमा मिलेर बृक्षारोपण गरिएको उनले बताएका छन् ।

 

सामुदायिक वनमा हरीयाली बढाउन र वन सँरक्षण गर्ने उद्देश्यले वनमा बृक्षारोपण गरिएको हो, जैविक विविधताको संरक्षणका लागि बृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट पुनःनिर्माण नहुँदा आवातजावतमा समस्या

२०८१ भदौ २१ गते शुक्रबार, कञ्चनपुर। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै

कृष्णपुरमा तीज संवाद कार्यक्रम आयोजना

२०८१ भदौ २० गते बिहीबार,कञ्चनपुर । साथी संस्थाले कृष्णपुरको सिंहपुरमा तीज संवाद कार्यक्रम गरेको छ । शुक्लाफाँटा र कृष्णपुरका महिलाहरुको सहभागितामा

बैतडीमा अज्ञात समूहद्धारा टेलिकमको टावरमा तोडफोड

२०८१ भदौ १९ गते बुधबार, बैतडी । बैतडीमा टेलिकमको टावरमा तोडफोड गरिएको छ। अज्ञात समूहले सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर