सुनको मूल्य प्रतितोला ९८ हजारमाथि

काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु दुई हजार ४०० ले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९७ हजार ७६० निर्धारण गरिएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य रु एक हजार २४५ कायम भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

प्रतिकृया दिनुहोस

पिपलाडी साना किसान सहकारीको साधारणसभा सम्पन्न, वार्षिक नाफा २० लाख 

झलारी। शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी साना किसान सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न भएको छ। आइतबार सहकारीका अध्यक्ष सृजना भण्डारीको

कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

झलारी, १६ पुस। शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारीमा केन्द्रीय कार्यालय रहेको कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारण सभा

सुनको भाउ घट्यो, चाँदी स्थिर

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा ६