भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो,५ लाख ७२ हजार बढी संक्रमणमुक्त

 

काठमाडौं – चार दिनमा एक लाखभन्दा बढी संक्रमित थपिदा भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ ।

 

मंगलबार बिहान सम्म ९ लाख ७ हजार ६४५ जना संक्रमित भएका छन् । त्यसमध्ये २८ हजार १७९ जना पछिल्लो २४ घण्टाका संक्रमित हुन् भने १ लाख ३५ हजार ९६५ जना बिहीबारदेखि सोमबारसम्म संक्रमण भएकाको तथ्यांक हो ।

 

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनाको मृत्यु भएको छ ।

 

अहिलेसम्म संक्रमितमध्ये ५ लाख ७२ हजार ११२ संक्रमणमुक्त भएका छन् भने ३ लाख ११ हजार ८०६ जनाको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

आतिशी बनिन् दिल्लीको तेस्रो महिला मुख्यमन्त्री

२०८१ असोज ०६ गते आइतबार, । भारतको दिल्ली प्रदेशमा आम आदमी पार्टीकी नेतृ आतिशी मुख्यमन्त्री बनेकी छिन्। उनलाई शनिवार उपराज्यपाल वीके सक्सेनाले

दोधारा चाँदनीलाई देशकै ठूलो नाकाका रुपमा विकास गर्छौं _ गृहमन्त्री लेखक

२०८१ भदौ २० गते बिहीबार,कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने बताउनुभएको छ

ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स माथि प्रतिबन्ध

२०८१ भदौ १७ गते सोमबार, एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतले ट्विटरको रुपमा चिनिने सामाजिक सञ्जाल एक्सलाई ब्राजिलमा तत्कालै प्रतिबन्ध लगाउन आदेश