बालेनले तोके राप्रपालाई १ लाख जरिवाना

२०८१ फाल्गुन २६, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पूर्वराजाको स्वागतार्थ भएको प्रदर्शनको क्रममा वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिबाना तोकेको छ ।
महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पत्र लेखेर पार्टी कार्यालयको आयोजना गरिएको कार्यक्रममा सहभागीहरूबाट एयरपोर्ट, तिलगंगा गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र त्यहाँका बिरुवा साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको छ ।
निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन् ।
पत्रमा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको उल्लेख छ ।
यसअघि गत मंसिर ७ मा दरबार मार्गमा नेकपा एमालेको जागरणसभामा पनि फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिबानाको पुर्जी थमाएको थियो ।

काँग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी आउदै
फाल्गुन २६, २०८१, धनगढी – नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आउने भएका छन । कांग्रेसको प्रदेश सम्मेलनको

प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउँदै
फागुन २५, २०८१ आइतबार, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन्। सो क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने

गायिका एलिना चौहानले पति विष्णु सापकोटा विरूद्ध दायर गरिन् सम्बन्धविच्छेद मुद्दा
२०८१, माघ १८, काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेस मार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा
प्रतिकृया दिनुहोस