प्रधानमन्त्री ओली आज सुदूरपश्चिम आउँदै

फागुन २५, २०८१ आइतबार, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन्। सो क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

 

आइतवार दिउँसो १ बजे सभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा पनि नेकपाको सरकार भएको बेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए।

 

ओली आइतबार नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। विश्वविद्यालयबाट एक हजार तीन सय ७७ जना दिक्षित भइरहेका छन्।

 

ओलीले आइतबार नै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्धाटन गर्ने कार्यक्रम पनि तय भएको छ।

प्रतिकृया दिनुहोस

काँग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी आउदै

फाल्गुन २६, २०८१, धनगढी – नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आउने भएका छन । कांग्रेसको प्रदेश सम्मेलनको

बालेनले तोके राप्रपालाई १ लाख जरिवाना

२०८१ फाल्गुन २६, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पूर्वराजाको स्वागतार्थ भएको प्रदर्शनको क्रममा वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय

गायिका एलिना चौहानले पति विष्णु सापकोटा विरूद्ध दायर गरिन् सम्बन्धविच्छेद मुद्दा

२०८१, माघ १८, काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेस मार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा