कञ्चनपुरको वनहरा नदीमा पुल निर्माण अन्तिम चरणमा
२०८१, माघ १४, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका(१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले सम्झौताअनुसार २५ करोड ९६ लाख ३६ हजार ३४० रुपैयाँ लागतमा पुल निर्माण गरिरहेको हो।
ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र निर्माण अगाडि बढाइएको छ। सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गरिसक्नुपर्ने भएकाले सोहीअनुरुप निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको निर्माण व्यवसायीको भनाइ छ।
पुल निर्माणमा संलग्न इञ्जिनियर विकास श्रेष्ठका अनुसार पुलको पिलर ठड्याउने कामसँगै सबट्रक्चरको काम पूरा भएको छ।
सुपर स्ट्रक्चर निर्माण अगाडि बढाइएको छ। नदी दुवैतर्फको तटबन्ध निर्माण हुन बाँकी छ। ठेक्का सम्झौताअनुसार पुलको दायाँबायाँको क्षेत्रमा ८२५ मिटर लम्बाइको तटबन्ध निर्माण हुने इञ्जिनियर श्रेष्ठले बताए।
पक्की पुल क्षेत्रमा ३०० मिटर कालोपत्र हुनेछ। पुलको लम्बाइ २७५ मिटर रहेको छ भने चौडाइ ११ मिटर छ। पुल निर्माणका लागि २०७८ साल फागुन ५ गते ठेक्का सम्झौता भएको थियो। पुल निर्माण कार्य २०८१ साल फागुन ४ गतेभित्र पूरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।
नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघि आएको बाढीले चुडालेर बगाएपछि स्थानीय बासिन्दा वर्षातका बेला बाढी आएको नदी तर्न बाध्य छन्।
हिउँदमा स्थानीय विपद् समितिले निर्माण गरेको अस्थायी पुलमा सवारीसाधन गुडाएवापत शुल्क तिर्दै आएका छन्। पुल निर्माण पूरा भएपछि नदीमा जोखिम मोलेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने वडाध्यक्ष नवलसिंह राना बताउँछन्। रासस
शुक्लाफाँटा नगरपालिका वडा न.–९ मा निःशुल्क आँखा शिविर सञ्चालन हुने
१९ माघ, २०८१ झलारी। शुक्लाफाँटा नगरपालिका–९ मा आँखा शिविर सञ्चालन हुने भएको छ। वडा कार्यालयको आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा
कञ्चनपुरको पर्यटकीय गन्तव्य शुक्लाफाँटा नगरपालिका ८, मा पर्ने सुनदेवी ताल ओझेलमा, सँरक्षणको प्रखाईमा
२०८१ माघ १८, कञ्चनपुर । कञ्चनपुरको चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बिचमा अवस्थित सुनदेवी ताल निकै मनमोहक छ। सूर्यको किरण तालमा पर्दा ताल पूरै
शुक्लाफाँटामा चार विद्यालय भवन एकैसाथ निर्माण हुँदै
२०८१ माघ १७, झलारी,। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चार वटा सामुदायिक विद्यालयका भवन एकैपटक निर्माण थालिएको छ। सङ्घीय सरकारको दुई करोड २४ लाख
प्रतिकृया दिनुहोस