कञ्चनपुरको कलुवापुर स्थित बनरामा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा ३१ जना घाइते

२०८१ मंसिर ८ गते शनीबार, कन्चनपुर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर स्थित बनरामा दुर्घटना भएको हो। यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५ नं को बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए। घाइतेहरूको अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। घटनाको विषयमा विस्तृत विवरण आउन भने बाँकी नै छ।

प्रतिकृया दिनुहोस

टिकटक बनाउने क्रममा खोलामा चिप्लिएर बगेर दुईजनाको दुखद निधन

७ पुष २०८१, आईतवार   तेह्रथुममा मेन्छ्यायेम गाउँपालिका–५ मा टिकटक बनाउने क्रममा दुईजनाको ज्यान गएको छ। गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स

एका बिहानै सुदूरपश्चिम पुरै हल्लियो, बाजुरा आसपास केन्द्रबिन्दु भएर ५।२ म्याग्निच्युडको भूकम्पको धक्का

६ पुष २०८१, शनिबार शनिवार बिहान ४:१४ बजे बाजुराको गोत्री आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका

डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका ईन्जिनियर धामीको मृत्यु

२०८१ मंसिर १५ शनिबार ,डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।   जिल्लाको परशुराम नगरपालिका(११ सल्लेताका