दार्चुलामा दर्शनार्थी बोकेको जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो ७ जना घाइते
३० कार्तिक २०८१, शुक्रबार दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको छ। शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक एसपी राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्युु भएको बताए। मृतकको सनाखत हुन बाँकी छ। उनकाअनुसार अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको छ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको हो। प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो। जिप सडकबाट करीब १०० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन्।
बझाङमा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या
२०८१ मंसिर ५ गते बुधबार, बझाङ । – बझाङमा नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक
डडेल्धुराको आलितालमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
२०८१ मंसिर ५ गते बुधबार, डडेल्धुरा । डडेलधुराको आलितालमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार ३२
दैजीबाट जोगबुडा का लागि हिँडेको जीप लिपनामा दुर्घटना, दुई जनाको मृत्यु, ९ जना घाइते
२०८१ मंसिर ४ गते, मँगलबार । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्ना, नौलामा जिप दुर्घटनामा भएको
प्रतिकृया दिनुहोस