दैजीबाट जोगबुडा का लागि हिँडेको जीप लिपनामा दुर्घटना, दुई जनाको मृत्यु, ९ जना घाइते
२०८१ मंसिर ४ गते, मँगलबार । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्ना, नौलामा जिप दुर्घटनामा भएको छ।
कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबूढा जाँदै गरेको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो ।दैजी–जोगबूढा सडक खण्डमा मोडबाट जिप करिब ५० मिटर तल खसेको छ। घटनास्थलमा रहेका परशुराम नगरपालिका–९ का अध्यक्ष देव बहादुर बोहराका अनुसार दुर्घटनामा २ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट सलेता जाँदैै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेको हो। दुर्घटनामा ९ जना घाइते भएको परशुराम नगरपालिका–९ का वडाअध्यक्ष देबबहादुर बोहराले बताए।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारका लागि धनगढी लगिएको वडाअध्यक्ष बोहराले बताए। मृतक दुबै महिलाको पहिचान भने खुल्न सकेको छैन्। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गर्ने काम भइरहेको छ।
टिकटक बनाउने क्रममा खोलामा चिप्लिएर बगेर दुईजनाको दुखद निधन
७ पुष २०८१, आईतवार तेह्रथुममा मेन्छ्यायेम गाउँपालिका–५ मा टिकटक बनाउने क्रममा दुईजनाको ज्यान गएको छ। गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स
एका बिहानै सुदूरपश्चिम पुरै हल्लियो, बाजुरा आसपास केन्द्रबिन्दु भएर ५।२ म्याग्निच्युडको भूकम्पको धक्का
६ पुष २०८१, शनिबार शनिवार बिहान ४:१४ बजे बाजुराको गोत्री आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका
डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका ईन्जिनियर धामीको मृत्यु
२०८१ मंसिर १५ शनिबार ,डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका(११ सल्लेताका
प्रतिकृया दिनुहोस