डडेल्धुराको आलितालमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
२०८१ मंसिर ५ गते बुधबार, डडेल्धुरा । डडेलधुराको आलितालमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार ३२ वर्षीय चालक दलबहादुर साउदको मृत्यु भएको हो।
मंगलबार बिहान साढे १० बजेको समयमा सुपप्र ०१००२ त ६३८२ नं को टयाक्टर आलितालको वडा नं २ डोवरास्थित गांङखेत–आलितालबाट भित्र गाउँ जाने ग्रामीण सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दाउरा लिन गएको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुप प्र ०१००२ त ६३८२ न. को ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा का सूचना अधिकारी इन्सपेक्टर उपेन्द्र बमले जानकारी दिनुभयो । डोबरा गाउँबाट दाउरा ल्याउन जंगलतिर जाँदै गर्दा अनकन्ट्रोल भई ट्याक्टर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले लगाएको उहाँले बताउनुभयो ।
ट्याक्टरमा सवार अन्य तीन जनाले भने हाम फाल्नु भएको थियो । उहाँ तीनै जना सकुसल हुनुहुन्छ । मृतक चालक स्थानीय डोबरा गाउँ निवासी रहेको उहाँले बताउनुभयो ।
टिकटक बनाउने क्रममा खोलामा चिप्लिएर बगेर दुईजनाको दुखद निधन
७ पुष २०८१, आईतवार तेह्रथुममा मेन्छ्यायेम गाउँपालिका–५ मा टिकटक बनाउने क्रममा दुईजनाको ज्यान गएको छ। गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स
एका बिहानै सुदूरपश्चिम पुरै हल्लियो, बाजुरा आसपास केन्द्रबिन्दु भएर ५।२ म्याग्निच्युडको भूकम्पको धक्का
६ पुष २०८१, शनिबार शनिवार बिहान ४:१४ बजे बाजुराको गोत्री आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका
डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका ईन्जिनियर धामीको मृत्यु
२०८१ मंसिर १५ शनिबार ,डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका(११ सल्लेताका
प्रतिकृया दिनुहोस