कञ्चनपुरमा शुक्लाफाटाको भम्के पानीमा शुभकामना आदानप्रदान तथा जनप्रतिनिधि भेटघाट कार्यक्रम सम्पन्न

२०८१ कार्तिक ०१ गते बिहीबार,कञ्चनपुर । शुक्लाफाटाको भम्के पानीमा शुभकामना आदानप्रदान तथा जनप्रतिनिधि भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

 

बुधबार पुर्व परराष्ट्रमन्त्री एवम नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एन पी साउदको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथिहरुमा जिल्ला समन्वय समिती कंचनपुरका प्रमुख दुर्गा बोहरा,उपप्रमुख राम कुमारी राना, धनगढी उप महानगरपालिकाका निवर्तमान नगर प्रमुख नृप बहादुर वड, भिमदत्त नगरपालिका का नगर प्रमुख पदम बोगटी,बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, शुक्लाफाटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्त, कृष्णपुर नगरपालिका का नगर उपप्रमुख द्रोपति राना, बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी कंचनपुर क्षेत्र नम्बर २ का सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरु वडा अध्यक्ष एवम कार्यपालिका सदस्यहरु लगायत क्षेत्र नम्बर २ का सम्पुर्ण नेताकार्यकर्ताहरु, नेपाल बिद्यार्थी संघ को समेत उल्लेख्य उपस्थित रहेको कार्यक्रममा बिजय दशमी २०८१ तथा आउदै गरेको शुभ दिपावली को शुभकामना आदानप्रदान सङै पछिल्लो समय देशमा प्राकृतिक प्रकोपले निम्त्याएको बिपत्ति र समाधानको बारेमा बृहत छलफल तथा अन्तरक्रिया समेत गरिएको छ ।

 

प्रमुख अतिथि समेत रहेका कंचनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित पुर्व परराष्ट्र मन्त्री एवम नेपाली काङ्ग्रेस का केन्द्रिय सदस्य एन पी साउदले राज्य अप्ठ्यारो परेका बेला स्थानिय तह हुदै संघ सरकारले समन्वय र सहकार्य गर्दै आपत्ति,बिपत्ति, प्रकोप,महामारी र समस्याको समाधान तर्फ ध्यान दिन जरुरी रहेको बताएका छन आर्थिक,भौतिक,नैतिक रुपमा सहयोग गर्नकै लागि जनताहरुले हामी जनप्रतिनिधिहरु लाई निर्वाचित गरेर आज यो अवस्थामा पुर्याएको योगदानलाई समेत भुल्न नहुने बताएका छन नेपाली काङ्ग्रेस कंचनपुर जिल्ला कार्य समिति सदस्य एवम वडा नम्बर ९ का वडा अध्यक्ष रमेश बहादुर ऐर को संयोजकत्वमा शुभकामना आदानप्रदान कार्यक्रम को आयोजना गरिएको थियो 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन गरिने

२०८१ असोज १४ गते सोमबार, । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा  परिचालन हुने गरेका छन्। प्रदेशका नौवटै जिल्लामा दशै,

कृष्णपुरको एक आर्थिक वर्षको इन्धन खर्च डेढ करोड नजिक

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक आर्थिक वर्षमा करिब डेढ करोडको हाराहारीमा इन्धनमा खर्च गरेको छ । नगरपालिकाले गत

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

२०८१ असोज १४ गते सोमबार, । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर अमेरिकाबाट नेपाल फर्कन हवाईजहाजबाट प्रस्थान