प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
२०८१ असोज १४ गते सोमबार, । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर अमेरिकाबाट नेपाल फर्कन हवाईजहाजबाट प्रस्थान गरेका छन् ।
उनी आज अमेरिकाबाट स्वदेश फर्कन कतारको दोहातर्फ प्रस्थान गरेका हुन् । उनी दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।
यही असोज ४ गते अमेरिका गएका प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । उनी पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार नै आज स्वदेशका लागि उडेका हुन् । महासभालाई सम्बोधन गरेपछि अमेरिकी राष्ट्रपतिसहित विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग उनले भेटघाट गरेका थिए ।
यसबीच नेपालमा बाढीपहिरोले बितण्डा निकै मच्चाए पनि बेवास्ता गर्दै स्वदेश नफर्किएको भन्दै राजनीतिक वृत्तमा उनको निकै आलोचनासमेत भएको छ ।
एसईई मा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
२०८१ पौष ०५ गते, शुक्रबार । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ एनजी आएको विषयको मात्रै
कक्षा ९ र १० को रजिस्ट्रेशन शुल्क अनिश्चित, परीक्षा नजिकिएका विद्यार्थीले फारम भर्न पाएनन्
२०८१ पुष ४ गते , बिहीबार , काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क नउठाउने भनेको छ ।
एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
२०८१ पुष ४ गते , बिहीबार । काठमाण्डौ – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसईईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ एनजी आएको
प्रतिकृया दिनुहोस