एसईई मा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

२०८१ पौष ०५ गते, शुक्रबार । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो।
यसैवर्षदेखि यो लागू गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। मावि तह उत्तीर्ण हुनको लागि कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिक विषयमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ।
संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा डी ल्याउनैपर्ने हुन्छ। नियमित र मौका परीक्षा दिँदा पनि विद्यार्थीले जुनजुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउने उनले बताए विद्यार्थीले यस्तो अवसर तीन वर्षसम्म पाउनेछन्। यस वर्ष कक्षा १० को अन्तिम परीक्षा आगामी चैत ७ गतेदेखि हुँदैछ।

गायिका एलिना चौहानले पति विष्णु सापकोटा विरूद्ध दायर गरिन् सम्बन्धविच्छेद मुद्दा
२०८१, माघ १८, काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेस मार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा

बैंक ग्यारेन्टीमार्फत एक करोड धरौटी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा
२०८१ माघ १४ गते, रूपन्देही, । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरौटी बुझाएर रिहा भएका छन् । रूपन्देही जिल्ला अदालतको आदेश

आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईँदै
२०८१ पुस २७ गते । काठमाडौं । ३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, आज नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन
प्रतिकृया दिनुहोस