आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

२०८१ असोज १८ गते शुक्रबार, । नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ। कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ। यिनी योगसाधिकाको रूपमा पनि परिरचित छिन्। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ।

पौष शुक्ल पूर्णिमा देखि शुरु भएको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक आज समापन गरिँदै
३० माघ, २०८१ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले

कानुनी रूपमा अलग भए एलिना र विष्णु
मंगलबार, माघ २९, २०८१, काठमाडौं । गायिका एलिना चौहानले औचारिक रूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको बताएकी छन् । मंगलबार सामाजिक सञ्जालबाट एलिनाले

‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ले युट्युबमा पायो १० करोड भ्यूज, गायिका शान्तिश्री हर्षित
२०८१ माघ २७ गते, । चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको ‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ गीत युट्युबमा १०(१० करोडभन्दा बढी पटक हेरिएका
प्रतिकृया दिनुहोस