सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन गरिने

२०८१ असोज १४ गते सोमबार, । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा  परिचालन हुने गरेका छन्। प्रदेशका नौवटै जिल्लामा दशै, तिहार छठको समयमा भने थप चार हजार प्रहरी परिचालन गरिने भएको छ।

 

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ११ हजार प्रहरी परिचालन गरिने भएको हो। यसका लागि प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ।

 

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख रविन्द्र केसीले नागरिकको सुरक्षामा रहेका सात हजार प्रहरीसहित थप चार हजार प्रहरी चाडपर्वको समयमा परिचालन गरिने बताए। उनले भने, ‘दशै, तिहार छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएका छौ। जनचेतना अभिवृद्धिलाई पनि लैजाने छौ। कारबाही ट्राफिक व्यवस्थापनको पक्ष पनि बलियो बनाएका छौ। बिगतका वर्षहरुका घटनाको पनि विश्लेषण गरेका छौ।

 

दशै, तिहार छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारिएको छ। प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरीतस्करी, ठगी, लुटपाटको विषयमासमेत रणनीति तयार पारेको छ।

 

नौवटा जिल्लास्तरको कमाण्ड पोस्टमा ९९ जना प्रहरी, रिजभमा २०६ जना, एक सय ६० जना स्ट्राइफिङमा, पाँच सय ५३ वटा पिकेटहरु, पैदल गस्ती मोबाइल गस्तीमा पाँच सय ९९ जना, मोबाइल गस्तीमा २५० जना, सादापोसाक, सीमा नाकाका चेकपोस्टमा दुई सय ६५ जना, राजमार्ग चेकिङ्, जुवातास, मदिरा लागुऔषध नियन्त्रणमा २५० जना, राजमार्गमा स्टटिङ्गका लागि २५० जना नियमित चेकजाँचका लागि यथावत छन्।

 

प्रदेश प्रहरी प्रमुख केसीले ट्राफिक प्रहरीहरुसँगको संयुक्त चेकिङ्गसमेत हुने बताए। उनले भने, ‘सुरक्षा चुनौतिहरुलाई विश्लेषण गरेका छौ। सुरक्षा चुनौतिहरुका लागि जनशक्ति परिचालन गरेका छौ। नियमित परिचालन हुने प्रहरीमा चार हजार थपेका छौ।सुदूरपश्चिममा रहेको विपद व्यवस्थापन गणका सय कर्मचारीबाहेक अन्य क्षेत्रका प्रहरीहरु परिचालन गरिएको छ। प्रदेश प्रहरीले सय कर्मचारी, नेपाल प्रहरी विषेश सुरक्षा गण, प्रदेश सशस्त्र गण लगायत कार्यालयमा रहेका प्रहरी कर्मचारीहरुलाई नगरिकको सुरक्षामा खटाइएको छ।

 

उनीहरुले नेपालभारतको सीमा क्षेत्रदेखि ग्रामीण वस्तीका नागरिकको घरदैलोसम्मै सुरक्षा दिने प्रदेश प्रहरीले बताएको छ। प्रदेश प्रहरी प्रमुख केसीले चाडपर्व ढुक्कका साथ मनाउन आग्रह समेत गरेका छन्। तर, नागरिकस्तरबाट हुने सहयोग गर्न उनी बताउँछन्।

 

साथै चाडपर्वको समयमा कुनै पनि नागरिकलाई असुरक्षाको अनुभुति नहोस भनेर थप प्रहरी परिचालन गरिएको उनले बताएका छन्।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा शुक्लाफाटाको भम्के पानीमा शुभकामना आदानप्रदान तथा जनप्रतिनिधि भेटघाट कार्यक्रम सम्पन्न

२०८१ कार्तिक ०१ गते बिहीबार,कञ्चनपुर । शुक्लाफाटाको भम्के पानीमा शुभकामना आदानप्रदान तथा जनप्रतिनिधि भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।   बुधबार

कृष्णपुरको एक आर्थिक वर्षको इन्धन खर्च डेढ करोड नजिक

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक आर्थिक वर्षमा करिब डेढ करोडको हाराहारीमा इन्धनमा खर्च गरेको छ । नगरपालिकाले गत

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

२०८१ असोज १४ गते सोमबार, । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर अमेरिकाबाट नेपाल फर्कन हवाईजहाजबाट प्रस्थान