कृष्णपुरको एक आर्थिक वर्षको इन्धन खर्च डेढ करोड नजिक

२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक आर्थिक वर्षमा करिब डेढ करोडको हाराहारीमा इन्धनमा खर्च गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा १ करोड ४३ लाख ८८ हजार ३२ रुपैयाँ बराबरको इन्धन खर्च गरेको हो ।

 

नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि सवा करोडको हाराहारीमा इन्धन खर्च गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९र०८० मा नगरपालिकाले १ करोड २३ लाख ६९ हजार ५५६ रुपैयाँ इन्धनमा खर्च गरेको थियो ।

 

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट कृष्णपुरमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएयता कृष्णपुरमा इन्धनमा हुने खर्च ह्वात्तै बढेको छ । पहिलो आर्थिक वर्षमा सवा करोडको हाराहारीमा इन्धनमा खर्च गरेको नगरपालिकाले निर्वाचित भएर आएको दोस्रो आर्थिक वर्षमा भने अझै बढाएर डेढ करोड हाराहारी पु¥याएको छ । नयाँ नेतृत्वले निर्वाचित भएर आएको दुई वर्षमा इन्धनमा मात्रै २ करोड ६७ लाख ५७ हजार ५८८ रुपैयाँ खर्च गरेको छ ।

 

नगरमा यातायातका साधनहरू बढी रहेको र ती साधनहरूको प्रयोगमा इन्धन खर्च भएको नगरपालिकाले बताएको छ । नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले नगरपालिकाले गत आर्थिक वर्षमा सडक पानी पिच गरेकाले उक्त मात्रामा रकम खर्च भएको बताएका छन् । उनले नगर सभाको निर्णय बमोजिम नगरका प्रत्येक वडामा ५ किलोमिटर सडक पानी पिच गरिएको बताए । उनका अनुसार सोही इन्धन खर्चमा नगरले गत आर्थिक वर्षमा कुल ३५ किलोमिटर सडक पानी पिच गरेको हो ।

 

नगरले गत आर्थिक वर्षमा ६ करोड २ लाख ६३ हजार ४३९ रुपैयाँ आन्तरिक आय रहेको जनाएको छ । तर नगरले उक्त आर्थिक वर्षमा ११ करोड आन्तरिक आय हुने प्रक्षेपण गरेको थियो । यसरी हेर्दा नगरको अनुमान गरेको भन्दा झण्डै ४५ प्रतिशत कम आय देखिएको छ ।

 

अघिल्लो आर्थिक वर्षमा पनि नगरले अनुमानित गरेको भन्दा झण्डै ७६ प्रतिशत कम आय देखाएको थियो । गत आर्थिक वर्षमा नगरको आन्तरिक आयको करिब २४ प्रतिशत रकम इन्धनमा मात्रै खर्च भएको देखिएको छ ।

 

नगरमा आम्दानीको स्रोत कम भएको अवस्थामा नगरले गरेको यस्तो फजुल खर्चले नगरमा आर्थिक भार थपिएको स्थानीयले आरोप लगाउन थालेका छन् ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा शुक्लाफाटाको भम्के पानीमा शुभकामना आदानप्रदान तथा जनप्रतिनिधि भेटघाट कार्यक्रम सम्पन्न

२०८१ कार्तिक ०१ गते बिहीबार,कञ्चनपुर । शुक्लाफाटाको भम्के पानीमा शुभकामना आदानप्रदान तथा जनप्रतिनिधि भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।   बुधबार

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन गरिने

२०८१ असोज १४ गते सोमबार, । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा  परिचालन हुने गरेका छन्। प्रदेशका नौवटै जिल्लामा दशै,

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

२०८१ असोज १४ गते सोमबार, । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भएर अमेरिकाबाट नेपाल फर्कन हवाईजहाजबाट प्रस्थान