छबिसपाथिभेरा १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुँदै

२०८१ असोज १४ गते सोमबार, बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका १ मा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुने भएको छ । वडा कार्यालयको आयोजनामा असोज १९ गतेदेखि प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि बिबिध साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

 

नजिकिँदै गएको हिन्दुहरूको महान चाड बडा दसैं तथा शुभ दिपावली २०८१ को अवसरमा जिल्ला, नगरपालिका, गाउँपालिका, वडा स्तरीय खुल्ला भलिब र कृषि विविध साँस्कृतिक कार्यक्रम सहित कृषिमेला प्रदर्शनी सञ्चालन गर्न लागेको वडाध्यक्ष करनजंग बहादुर सिंहले बताउनुभयो ।

 

भलिबल खेलको विकास ,खेलाडीलाई सम्मान तथा उत्कृष्ट खेलाडीको पहिचान गर्नका लागि प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

 

भलिबल प्रतियोगितामा प्रथम पुरस्कार राशि १ लाख १ हजार ६२० , द्वितीय पुरस्कार राशि ५१ हजार ६२० , तृतीय पुरस्कार राशि २६ हजार ६२० , सान्त्वना पुरस्कार राशि ८ हजार ६२० र टिम दर्ता शुल्क ५ हजार रहेको वडा कार्यालयले एक सूचना मार्फत जानकारी गराएको छ ।

 

त्यसैगरी प्रतियोगितामा, सर्वोउत्कृष्ट खेलाडी , उत्कृष्ट खेलाडी , उत्कृष्ट इस्पाइकर उत्कृष्ट सेटर , उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचलाई पनि सम्मानित गरिने भएको छ ।

 

यस्तै गाउँपालिकाको कृषि उत्पादनलाई प्रचारप्रसार गर्न किसानको मेहनतलाई सम्मान तथा थप उत्साहित बनाउन पालिका स्तरीय कृषि मेला प्रदर्शनी आयोजना गरिएको वडाध्यक्ष सिंहको भनाइ छ । कृषि पेसालाई निर्वाहमुखी भन्दा पनि व्यावसायीक बनाउँदै लैजान प्रदर्शनीमा सहभागी प्रथम हुने किसानलाई १५ हजार ६२० , द्वितीय किसानलाई १० हजार ६२० र तृतीय किसानलाई ५ हजार ६२० पुरस्कारको व्यवस्था गरिएको छ ।

 

त्यसैगरी स्थानीय भेषभुषा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले वडा स्तरीय देउडा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको सूचनामा उल्लेख गरिएको छ । कार्यक्रम जनप्रिय माध्यमिक विद्यालयमा हुनेछ ।

प्रतिकृया दिनुहोस

टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

२०८१ असोज १३ गते आइतबार, । टी(२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा आज नेपालले क्यानडासँग खेल्दै

२०८१ असोज ०६ गते आइतबार, । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ।   खेल

नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक

२०८१ भदौ २८ गते शुक्रबार, काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी,