कृषकलाई बाख्रा वितरण

शुक्लाफाँटा नगरपालिका वडा नं. ८ पारीफाँटाका किसानलाई  १ बोका वितरण गरिएको छ । झलारीमा रहेको महिला साना कृषि सहकारी संस्था झलारीले किसान सबलिकरण कार्यक्रम अन्तर्गत मंगलबार समुहका शेयर सदस्यलाई उन्नत जातको बोका  वितरण गरेको हो । साना किसान विकास बैंक अत्तरियाको साझेदारीमा महिला साना किसान कृषि सहकारी झलारीले २७ हजार रुपैयाँ वराबरको जमुनापारी जातको बोका सहयोग गरिएको छ ।
     पारिफाँटाका महिला समुहकी सदस्य पद्मा महरालाई १ ओटा बोका वितरण गरेको सहकारीकी अध्यक्ष धनेश्वरी भट्टले बताइन । वितरणकार्यक्रममा प्रवन्धक निर्मला शाह ऐर र सहायक प्रवन्धक कल्पना उप्रेतीलगाएत संचालक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा महिला साना कृषि सहकारी संस्था झलारीका अध्यक्ष धनेश्वरी भट्टले महिला शसक्तिकरण गर्दै आम्दानी बढाउनको लागि बाख्रापालन कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गरिन् ।
 

प्रतिकृया दिनुहोस

कैलालीमा झार उखेल्न भन्दा विषादी छर्न सहज

रासस - टीकापुर स् कैलालीमा धानखेतीमा झारनाशक विषादीको प्रयोग  बढ्दै गएको छ। अनावश्यकरुपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग

सुदूरपश्चिम प्रदेशमा सलह किराको संख्या बढ्यो, सतर्क रहन आग्रह

  कैलाली- सुदूरपश्चिम प्रदेशमा सलह कीराको संख्या बढेपछि सतर्क रहन अपिल गरिएको छ ।सोमबार कैलालीका केही स्थानमा सानो संख्यामा भित्रिएका सलह

५० रुपैया लगानीबाट शुरु गरेको नर्सरी व्यवसायबाट लाखौं आम्दानी

 शुक्लाफाँटा नगरपालिका–७ जुडाका पानसिंह धामीले २०४५ सालमा पहिलोपटक ५० रुपैयाँ लगानी गरी शुरु गरेको नर्सरीबाट अहिले वार्षिक ३५ लाखभन्दा बढी