सुदूरपश्चिम प्रदेशमा सलह किराको संख्या बढ्यो, सतर्क रहन आग्रह

 

कैलाली- सुदूरपश्चिम प्रदेशमा सलह कीराको संख्या बढेपछि सतर्क रहन अपिल गरिएको छ ।सोमबार कैलालीका केही स्थानमा सानो संख्यामा भित्रिएका सलह बिहिबार बेलुका कैलालीकै केही स्थानमा हजारौँको संख्यामा देखिएपछि सर्तकता अपनाउन कृषि निर्देशनालयले अपिल गरेको छ ।यसअघि स–सानो झुन्ड टुक्रिएर सलह कीरा प्रदेशका कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको थियो तर बिहिबार हजारौँको झुण्डमा देखिएको सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए ।

निर्देशक जोशीले कैलालीको टीकापुर र धनगढी आसपासको क्षेत्रमा बिहिबार सलह कीरा झुण्डमै देखिएको बताए ।‘हजारौँको संख्यामा सलह टीकापुर र धनगढी आसपास क्षेत्रमा प्रवेश गरेको देखिन आएको छ, सर्तक र सजगता अपनाउन आग्रह गर्दछु, ’ निर्देशक जोशीले भने ।उनले प्रदेशवासीलाई फिल्ड अवलोकन गरी सलह पक्रन, छोप्न, पासो, नेट, जाली, झुल प्रयोग गर्न, विषादी प्रयोग गर्न ठूलो आवाज निकाली थपाउन आग्रह समेत गरेका छन् ।

उनले कीरा पक्रेर ल्याए २५ रुपैँयाका दरले प्रदेश सरकारले खरिद गर्ने निर्णय यस अघि नै गरिसकेको बताउँदै सलह नियन्त्रणका लागि प्रदेश सरकार कृषि निर्देशनालयले प्रयास गरिरहेको र यसमा सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

आजको मौसम

२०८१ कार्तिक ०१ गते बिहीबार । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा स्थानीय वायुको पनि आंशिक

आजको मौसम

२०८१ असोज ३० गते बुधबार, । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक

जागिरबाट रिटायरपछि ड्रागन खेतीमा रमाइरहे कञ्चनपुर कृष्णपुरका चक्रबहादुर

२०८१ असोज २९ गते, मंगलबार,कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बण्ड मोतिपुरका चक्रबहादुर विष्टले लामो समय टिम्बर कर्पोरेशनमा काम गरे ।