५० रुपैया लगानीबाट शुरु गरेको नर्सरी व्यवसायबाट लाखौं आम्दानी

 शुक्लाफाँटा नगरपालिका–७ जुडाका पानसिंह धामीले २०४५ सालमा पहिलोपटक ५० रुपैयाँ लगानी गरी शुरु गरेको नर्सरीबाट अहिले वार्षिक ३५ लाखभन्दा बढी आम्दानी गरिरहेका छन् । सानो लगानीलाई हरेक वर्ष बढाउँदै लगेपछि अहिले आम्दानी पनि बढ्दै गएको उनी बताउँछन् । पहिलोपटक ५० रुपैयाँ लगानी गरेर तरकारी र फलफूलको नर्सरी स्थापना गरेको धामीले बताए ।

 

‘पहिलोपटक काउली, रायो, खुर्सानी, आँप र कागतीको बिरुवा उत्पादन गरेको थिए, त्यसले गाउँघरमै बजार पायो,’ उनले भने, ‘राम्रो आम्दानी भयो।’ भारतको बनबसाबाट किनेर ल्याएको आँपका बिरुवा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले ल्याउन नदिएपछि यहाँ नर्सरी स्थापना गरेको उनले बताए । ‘२०४५ सालमा नेपाल–भारत नाकाबन्दी थियो, भारतबाट १५ आँपका बिरुवा किनेर ल्याए, त्यो बिरुवा एसएसबीले ल्याउन दिएन्,’ धामीले भने, ‘त्यो बिरुवा फिर्ता गरेर आए, यहाँ बिरुवा उत्पादन गरे ।’ पहिलोपटक उत्पादन गरेका बिरुवाले बजार पाएपछि व्यवसायिक बनाउनतर्फ लागेको उनले बताए । उनले हरेक वर्ष लगानी थप गरेर बिरुवा उत्पादन गर्ने गरेको बताए ।

 

‘१० वर्षसम्म तरकारीको नर्सरीसँगै फलफूलका बिरुवा उत्पादन गरे, अहिले फलफूल नर्सरी बनाएर बिरुवा उत्पादन गरिरहेको छु,’ धामीले भने, ‘परिवारका सबै सदस्य अहिले नर्सरीमै आवद्ध छौँ।’ उनले २०६० सालमा यसलाई व्यवसायिक बनाएका थिए । उनको परिवार नै अहिले बारीमा खेतीबाली लगाउन छोडेर फलफूल खेती गर्न थालेका छन् । अहिले उनको तीन पुस्ता नर्सरी व्यवसाय गर्दै आएका छन् । उनी र उनका छोरा मदन धामी नर्सरीमा काम गर्दै आएका छन् । उनका भाई प्रतापसिंह धामीले पनि धामी फलफूल तथा वन नर्सरी उद्योग स्थापना गरेर बिरुवा उत्पादन गर्दै आएका छन् । उनका नाती आयुष धामीले पनि आयुष फलफूल नर्सरी फार्म दर्ता गरेर व्यवसाय गर्दै आएका छन् । फलफूल खेतीका लागि शुक्लाफाँटा नगरपालिका–७ जुडा निकै अनुकूल भएको मदन धामीले बताए ।

 

‘हामी साना हुँदा बुबाले नर्सरीमा बिरुवा उत्पादन गर्नु भएको थियो, कृषि जेटिए पढेर मैले पनि अहिले यसैलाई व्यवसाय बनाएको छु,’ उनले भने,‘बुबाले आँप, नासपाती, कागती, लिची लगायतका बिरुवा उत्पादन गर्दै आएका थिए, त्यसमा मैले केही अन्य प्रजाती बिरुवा उत्पादन गरेको छु ।’ धामी नर्सरीमा आँप, लिची, अनार, नास्पाती, अंगुर, सुनकागती, पन्तकागती, नरिवल, सुपारी, अमृतफल, अमला, अशोक, भुईकटहर, बोतलपाम, चाइनेजपाम, साइकस, एरोकेरिया, फोनिसपाम, श्रीखण्ड, रक्तचन्दन, लालचन्दन, रुद्राक्ष, कपुर, सपोटा गुलाबजामुन लगायतका बेर्ना (बिरुवा) उत्पादन हुन्छ । उनले नर्सरीबाट हरेक वर्ष विभिन्न प्रजातिका २ लाख बढी बिरुवा उत्पादन गरेर बिक्री गर्छन् ।

 

 नर्सरीबाट पानसिंह धामीको परिवार वार्षिक ३५र४० लाख रुपैयाँसम्म आम्दानी गर्छन् । तीन वटै नर्सरीबाट वार्षिक ३५ लाख बढी आम्दानी हुने गरेका धामीले बताए। ‘नर्सरीबाट थोरै लगानीबाट धेरै आम्दानी लिन सकिन्छ,’उनले भने,‘प्रत्येक वर्ष लगानी बढाउँदै गएका छौं, आम्दानी पनि बढ्दै छ ।’ सुदूरपश्चिमका ९ वटै जिल्ला (कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, डोटी र बाजुरा) बाट बिरुवाको माग हुने गरेको उनको भनाइ छ 

प्रतिकृया दिनुहोस

कैलालीमा झार उखेल्न भन्दा विषादी छर्न सहज

रासस - टीकापुर स् कैलालीमा धानखेतीमा झारनाशक विषादीको प्रयोग  बढ्दै गएको छ। अनावश्यकरुपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग

सुदूरपश्चिम प्रदेशमा सलह किराको संख्या बढ्यो, सतर्क रहन आग्रह

  कैलाली- सुदूरपश्चिम प्रदेशमा सलह कीराको संख्या बढेपछि सतर्क रहन अपिल गरिएको छ ।सोमबार कैलालीका केही स्थानमा सानो संख्यामा भित्रिएका सलह

कृषकलाई बाख्रा वितरण

शुक्लाफाँटा नगरपालिका वडा नं. ८ पारीफाँटाका किसानलाई  १ बोका वितरण गरिएको छ । झलारीमा रहेको महिला साना कृषि सहकारी संस्था झलारीले किसान सबलिकरण