धनगढीमा नदी कटान रोक्न ६ हजार बाँस रोपिँदै

२०८१ भदौ २६ गते बुधबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्ष ६ हजार बाँसका बिरुवा रोप्ने भएको छ। मङ्गलवार बाँस रोप्ने अभियानको सुरुवात गरिएको छ। उपमहानगरभित्रका चार वडाको नदी तटीय क्षेत्रमा बाँसको बिरुवा रोपिन लागिएको हो। नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गर्न बाँस रोप्न लागिएको छ। मोहना र खुटिया नदीको तटिय क्षेत्रमा बाँस रोपेर जैविक तटबन्धन निर्माण गर्ने र स्थानीयको आयआर्जनमा टेवा पुगाउने लक्ष्य राखिएको छ।

 

बाँस हुर्किएपछि स्थानीयले बाँस प्रयोग गरेर विभिन्न सामग्री बनाउन पाउने र बिक्री गरेर आर्थिक लाभ समेत लिन पाउने उपमहानगरले जनाएको छ। उपमहानगरले चालु आर्थिक वर्षमा नदीको किनार ३० किलोमिटर क्षेत्रमा ६ हजार बाँस, ६ हजार ६ सय अम्रिसो र ६ हजार ६ सय नेपियरका बिरुवा रोपेर जैविक तटबन्धन गरिने जनाएको छ।

प्रतिकृया दिनुहोस

दूरसञ्चारले टिकटकको सबैखाले प्रतिबन्ध हटाएसँगै सबै इन्टरनेटमा टिकटक चल्यो

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै

पहिलोपटक धनगढीमा  खुला उड्ने चराको घर निर्माण गरियो

२०८१ भदौ १६ गते आईतबार, धनगढी । कैलालीको धनगढीमा पहिलोपटक खुला उड्ने चराको घर निर्माण गरिएको छ ।   खुला उडानले पछिल्लो समय हुँदै गरेको वनविनाश र

धनगढीबाट सुदर्शन टेलिभिजन प्रसारण

२०८१ भदौ १६ गते आईतबार, धनगढी। कैलालीको धनगढीबाट सुदर्शन टेलिभिजनले प्रसारण सुरु गरेको छ। राधाकृष्ण मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको