राजेन्द्र महतोले गरे नयाँ पार्टी घोषणा

२०८१ असोज ०२ गते बुधबार, काठमाण्डौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताए ।उनले पार्टीको नाम भने ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने बताए । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णयसमेत गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहोस

रास्वपामा महिला उपसभापति थप्ने प्रस्ताव

२०८१ असोज ०२ गते बुधबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले महिला उपसभापति थप्ने प्रस्ताव गरेको छ । मंगलबारदेखि काठमाडौंमा सुरु भएको

गोदावरीका ४ ठाउँमा हाइमास्ट लाइट जडान

२०८१ असोज ०२ गते बुधबार, अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाका थप ४ ठाउँमा हाइमास्ट लाइट जडान गरिएको छ । नगरपालिका भित्र रहेको अत्तरिया बसपार्क,

सहरी विकास मन्त्री सिंहले धनगढीमा गरे उद्यानको शिलान्यास

२०८१ असोज ०२ गते बुधबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका सँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न शिलान्यास गरिएको छ। उपप्रधान