झलारीको खुल्ला मञ्चमा राप्रपाले डेउडा कार्यक्रम आयोजना गर्दै
२०८१ भाद्र २४ गते, सोमबार, झलारी। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा शुक्लाफाँ नगर कार्य समितिले डेउडा कार्यक्रम गर्ने भएको छ। शुक्लाफाँ नगरपालिका–१० स्थित खुल्ला मञ्चमा भदौ २४ गतेदेखि ३ दिनसम्म डेउडा खेल आयोजना गर्न लागिएको हो।
ऋषि पञ्चमीको अवसर पारेर डेउडा खेल आयोजना गर्न लागिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ललित हमालले बताए । उनका अनुसार डेउडा कार्यक्रममा अम्मादत्त जोशी, पशुपती धामी, मानबहादुर विष्ट, बलदेव भट्ट, गौरसिंह सार्की, कालुसिंह कुँवरलगायतका कलाकार सहभागी हनेछन्।
सुदूरपश्चिमको कला, संस्कृति, रीतिरिवाज र डेउडा खेललाई जीवन्त राख्न डेउडा कार्यक्रम आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक बीरसिंह साउँदले बताए।
सोमवारदेखी सञ्चालन हुने डेउडा कार्यक्रममा सम्पूर्ण डेउडा प्रेमी दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं,’ उनले भने।
भदौ २४ गते का दिन देउडा कार्यक्रममा शुदुर पश्चिमका बरिष्ठ देउडा कलाकार बहुचर्चित देउडा गायकद्धोय भानुभक्त जोशी र जे आर भट्टको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
कैलालीको चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता
२०८१ असोज १४ गते सोमबार, कैलाली । काठ कटानी गरेर आम्दानी भएको सामुदायिक वनको पैसा काठ संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको छ । कैलाली को
आरक्षपीडितको संसदीय समितिलाई ज्ञापन
२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । पुर्नस्थापनाको पर्खाईमा रहेका कञ्चनपुरका आरक्षपीडितले फेरी सांसदलाई ज्ञापन पत्र बुझाएका छन । प्रतिनिधी सभा
कञ्चनपुरको बेलडाँडीमा लिटिल ग्रिन पार्क निर्माण
२०८१ असोज १४ गते सोमबार, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीमा एक युवाले निजी लगानीमा लिटिल ग्रिन पार्क संचालनमा ल्याएका छन । बेलडाँडीका स्थानीय युवा
प्रतिकृया दिनुहोस