कैलालीको खुटिया नदीमा बेपत्ता भएकी जेनिसाको शव मृत अवस्थामा फेला
२०८१ भाद्र २४ गते, सोमबार । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ। आइतवार धनगढी उपमहानगरपालिका–१५ र वडा नम्बर–७ को बिचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा धनगढी–१४ ‘जी’ गाउँकी १४ वर्षीया सवि अवस्थी र १६ वर्षीया जेनिसा अवस्थी नदीमा डुबेकी थिइन्। नदीमा डुबेकी सविलाई उद्धार गरे पनि जेनिसा भने बेपत्ता थिइन्।
बेपत्ता भएकी जेनिसाको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको शव घटना स्थलभन्दा ५०० मिटर तल फेला परेको हो। अहिले जेनिसाको शवलाई पोष्टमार्टमको लागि पठाइएको छ।घाइते सविको निर्सग अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको छ।
टिकटक बनाउने क्रममा खोलामा चिप्लिएर बगेर दुईजनाको दुखद निधन
७ पुष २०८१, आईतवार तेह्रथुममा मेन्छ्यायेम गाउँपालिका–५ मा टिकटक बनाउने क्रममा दुईजनाको ज्यान गएको छ। गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स
एका बिहानै सुदूरपश्चिम पुरै हल्लियो, बाजुरा आसपास केन्द्रबिन्दु भएर ५।२ म्याग्निच्युडको भूकम्पको धक्का
६ पुष २०८१, शनिबार शनिवार बिहान ४:१४ बजे बाजुराको गोत्री आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका
डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका ईन्जिनियर धामीको मृत्यु
२०८१ मंसिर १५ शनिबार ,डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका(११ सल्लेताका
प्रतिकृया दिनुहोस