एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम ९–० गोलले पराजित
२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । एन्फा महिला लिगमा पुलिससँग सुदूरपश्चिम पराजित भएको छ। निरु थापा र दिपा न्यौपानेको ह्याट्रिकप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा फराकिलो जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको दिनको दोस्रो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९–० गोलले पराजित गरेको हो।
पहिलो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको पुलिसको यो पहिलो जित हो। यता, सुदूरको भने लगातार दोस्रो हार हो। पहिलो खेलमा बागमतीसँग सुदूरले ५–१ को हार बेहोरेको थियो। पुलिसको जितका लागि पुजा राना, अनुश्का शेर्पा र जिमिकुमारी गुरुङले पनि तीन गोल थपिएन।
लिगमा कुनै पनि टोलीले हासिल गरेको यो ठूलो अन्तरको जित हो। खेलको नौं मिनेटमा निरुको गोलबाट सुरुआत गरेको पुलिसले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ६ गोल थप्न सफल भयो।
नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिक
२०८१ भदौ २८ गते शुक्रबार, काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी,
एन्फा महिला लिग फुटबलमा चन्द्रपुरले सुदूरपश्चिमलाई हरायो
२०८१ भदौ २८ गते शुक्रबार, काठमाण्डौ । एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा झापाको चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई हराएको छ
बझाङमा आयोजित भलिबल खेलमा शुक्लाफाँटा प्रथम, ५० हजार पुरस्कार जित्यो
२०८१ भदौ २५ गते मंगलबार, बझाङ । बझाङमा बिर्सती मेलाको अवसर पारेर आयोजित भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका वडा नं ८ को टोली प्रथम भएको
प्रतिकृया दिनुहोस