निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान हुन्छ _ गृहमन्त्री लेखक

२०८१ भदौ २० गते बिहीबार,कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धनान गरिने बताएका छन् ।

 

‘अनुसन्धान जारी रहन्छ, सुक्ष्म ढङ्गले अनुसन्धान हुन्छ, राम्रोसंग अनुसन्धान हुन्छ’ प्रेस युनियन कञ्चनपुरले आज बिहीबार विहान गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने ।

 

गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरण देशको लागि चासो र चिन्ताको विषय भएको उल्लेख गरे । गृहमन्त्री भएपछि लेखक पहिलो गृह जिल्ला आएका हुन् । उनी आज काठमाडौ फर्किने कार्यक्रम छ ।

 

भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया पन्तको ६ वर्ष अघि २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

 

पन्तको हत्यारालाई कारवाहीको माग गर्र्दै महेन्द्रनगरमा २२ दिनसम्म आन्दोलन चलेको थियो । निर्मला हत्याका विषयमा प्रहरीले अहिलेसम्म एक हजार भन्दा बढीसँग सोधपुछ र झण्डै एक सय जनाको डिएनए परीक्षण गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईँदै

२०८१ पुस २७ गते । काठमाडौं । ३०३‌ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, आज नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन

सुदूरपश्चिममा पुष २९ गते सार्वजनिक बिदा

२०८१,पुष २७ गते । सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर

एसईई मा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

२०८१ पौष ०५ गते, शुक्रबार । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ एनजी आएको विषयको मात्रै