गृहमन्त्रीद्वारा बाढी प्रभावितलाई आवास निर्माणका लागि रकम हस्तान्तरण, नमूना वस्ती बनाईने

गृहमन्त्री रमेश लेखकले बाढी प्रभावितलाई आवास निर्माणका लागि रकम हस्तान्तरण गर्नुभएको छ। मन्त्री लेखकले दोधारा चाँदनी नगरपालिका वडा नम्बर(३ पटराखल्लाका २७ परिवारहरूलाई अस्थायी घर निर्माणका लागि पहिलो किस्ता स्वरूप प्रति परिवार रू २५ हजार हस्तान्तरण गर्नुभएको हो।

 

गृहमन्त्री लेखकले देशमै विपद् व्यवस्थापनको क्षेत्रमा नमूना वस्ती निर्णाणका लागि प्रभवितहरूलाई रकम हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले सुरूमा अस्थायी घर बनाउनका लागि रू २५ हजारका दरले दुई किस्तामा रू ५० हजार प्रदान गरिएको बताउनुभयो। गृहमन्त्रीले भन्नुभयो, “सुरूमा अस्थायी घर बनाउनका लागि ५० हजार दुई किस्तामा २५र२५ हजार गरि पठाएका छौँ। त्यसपछि स्थायी आवास निर्माणका लागि प्रति परिवार रू ४ लाख प्रदान गर्नेछौँ।

 

गृहमन्त्री लेखकले गत असार २२, २३ र २४ गतेको बाढीका कारण ठुलो क्षति भएको बताउँदै उद्धार कार्यमा सशस्त्र प्रहरी र नेपाली सेनाले साथै राहत वितरण कार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लूए० लगायतका संस्थाहरूले महत्त्वपूर्ण भुमिका खेलेको भन्दै धन्यवाद दिनुभयो।

 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले “विपदबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापण्ड(२०८१ पारित भएको बताउनुभयो। उहाँले सो मापदण्डअनुसार बाढीका कारण घर क्षति भएका प्रभावितहरूलाई तत्काल आवासको व्यवस्था गर्नुपर्ने भएकाले दोधारा चाँदनी नगरपालिकामा आवास निर्माणका लागि पहल गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा पहिलो पटक बाढी प्रभावितहरूका २७ घरहरू निर्माण गरि नमूना बस्ती बसाउने पहल सुरू भएको छ। उहाँले नमूना बस्ती बसाउने मापदण्डअनुसार काम सुरू गरिएको बताउनुभयो। जसअन्तर्गत स्थानीय पालिका साथै एनएनएसडब्ल्यूए लगायतका संस्थासँगको सहकार्यमा २७ घरहरू, सामुदायिक भवन, पानि ट्याङ्की साथै बालबालिकाहरूका लागि खेल मैदान सहितको स्थायी बस्ती बसालिने छ।

 

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका वडा नम्बर(३ पटराखल्लाका २७ परिवारहरूलाई आवास निर्माणका लागि प्रक्रिया सुरू भईसकेको बताउनुभयो। उहाँले जमिन उपलब्ध भएलगत्तै एकीकृत नमुना बस्ती निर्माणको काम सुरू हुने बताउनुभयो।

 

गृहमन्त्री लेखकले दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित स्थानहरू पटराखल्ला, सुन्दरनगर र कुतियाकवर लगायतका स्थानहरूको स्थलगत अवलोकन गर्नुभएको थियो। उहाँले कुतियाकवर र जोगबुडा नदिमा तटबन्ध निर्माणका लागि पहल गर्ने प्रतबद्धता समेत व्यक्त गर्नुभएको छ।

 

यसअघि भदौ १४ गते राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना र एनएनएसडब्ल्यूएको प्राविधिक सहयोगमा बाढी प्रभावितका लागि आवास तथा तटबन्ध निर्माण सम्बन्धी सरोकारवाला निकाय साथै साँझेदार संस्थाहरू बिच छलफल भएको थियो।

प्रतिकृया दिनुहोस

दमकमा आज एमालेको जागरणसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

२०८१ चैत ३० गते झापा । आज दमकमा हुने विशाल जागरणसभालाई प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।   लोकतान्त्रिक

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आफै आत्मसमर्पण गरेको प्रसाईंको सचिवालयको भनाई, दुर्गा प्रसाईँ पक्राउ परेका छैनन् - प्रहरी

२०८१ चैत २९ गते ।  मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन् । प्रहरीको उच्च स्रोतले प्रसाइलाई भारतको आसामबाट पक्राउ गरिएको दाबी

बैतडीमा पहिलो पटक नगरबस सञ्चालन

२०८१ साल चैत २६गते, बैतडी। बैतडीमा पहिलो पटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकाम स्थित दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसको अवसरमा ३२ सिटको नगरबस