सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो _ गृहमन्त्री लेखक

२०८१ भदौ १९ गते बुधबार, भीमदत्तनगर। गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताउनुभएको छ

 

 महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उहाँले प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताउनुभयो ।

 

अहिले प्रहरीले सिमीत स्रोतसाधनमा काम गर्नुपरेको छ, गृहमन्त्री लेखकले भन्नुभयो, “नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ । उहाँले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उहाँको भनाइ थियो । उहाँले संसद्मा भएका दुई ठुला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताउनुभयो ।

 

दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ, उहाँले भन्नुभयो, “कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ सशत्र द्धन्द्धलाई शान्तिमा ल्यायौँ । उहाँले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसद्का दुई ठुला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताउनुभयो । उहाँले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नर्गनसमेत आग्रह गर्नुभयो ।

 

उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागकिरले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताउनुभयो । “नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन, उहाँले भन्नुभयो, “यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।

 

उहाँले नवनिर्मित भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहज हुजे विश्वास व्यक्त गर्नुभयो ।विसं २०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग उक्त भवन निर्माण गर्न रु १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिकृया दिनुहोस

मेडिकल कलेजमा सुदूरपश्चिम लाई बेवास्ता गरेपछि प्रदेशबासी आक्रोशित

२०८१ भाद्र २४ गते सोमबार, धनगढी । प्रयाप्त संरचना बन्दा पनि सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज सञ्चालन नभएको भन्दै सुदूरपश्चिमबासी आक्रोशित बनेका

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती आज  मनाइँदै

२०८१ भाद्र २४ गते, सोमबार । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती आज  मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि

एकाएक भीम रावल सुदूरपश्चिम

महेन्द्रनगर । नेकपा एमाले नेता डा। भिम रावल सुदूरपश्चिम प्रदेश आएका छन् । प्रदेशका विभिन्न जिल्लामा आफ्ना समर्थक भेट्न रावल यहाँ आएका हुन्