बैतडीमा अज्ञात समूहद्धारा टेलिकमको टावरमा तोडफोड

२०८१ भदौ १९ गते बुधबार, बैतडी । बैतडीमा टेलिकमको टावरमा तोडफोड गरिएको छ। अज्ञात समूहले सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड गरिएको हो। स्थानीय गाजरी बजारबाट ३ घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको छ।

 

टावरमा राखिएको कृषि विकास बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको छ। भदौ १५ गतेबाट बैङ्कमा इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड गरिएको अवस्थामा भेटिएको थियो।

 

टावर क्षति भएको बारेमा जानकारी भएकाले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर खेमविक्रम केसीले बताए प्रहरी टोली पुगेपछि घटनाबारे थप अनुसन्धान थालिने केसीले बताए।

 

स्थानीय क्षेत्रमा इन्टरनेट नचलेपछि गाँजरीमा रहेको कृषि विकास बैङ्कले सेवा उपलब्ध गराउन असर्मथ रहेको सूचना समेत जारी गरेको छ। घटना व्यक्ति अथवा समूह कसले गराएको हो भन्ने एकीन हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार

धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली

२०८१ भदौ ३१ गते सोमबार, धनगढी । धनगढीमा थप १० किलोमिटर सडक झिलीमिली भएको छ। धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको

शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरवका योजनाको काम तिब्र गतिमा अगाडी बढ्दै

२०८१ भदौ ३१ गते सोमबार, झलारी । शुक्लाफाँटा नगरपालिकामा निमार्णाधीन नगर गौरबका योजनाको तिब्र गतिमा भइरहेको छ। नगर स्तरीय कभर्ड हल, १० शैयाको नगर