निर्मला पन्तको न्यायको माग राख्दै गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाईयो
२०८१ भदौ १९ गते बुधबार, कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट महिला सगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी ले निर्मला पन्तको न्यायको माग राख्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ ।
लेखक गृहमन्त्री भएपछि ५३ दिनमा पहिलो पटक गृहनगर महेन्द्रनगर पुगेका बेला माओवादी निकट महिला संगठनले निर्मलाका हत्यारा बलात्कारी यथाशिघ्र सार्वजनिक गर्न माग अघि सारेको छ ।
महिला अधिकारकर्मी समेत रहेकी माओवादी नेतृ माया नेगीले निर्मलाको हत्या भएको ६ बर्ष पुरा भएर ७ बर्ष प्रवेस गरेपनि हालसम्म सरकारले हत्यारा सार्वजनिक गर्न नसकेको अवस्थामा यस अघि गृहमन्त्रालय अन्य जिल्लाले पाएको अहिले आफ्नै नगर, जिल्लाले पाएको अवस्थामा अपेक्षा सहित गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताईन ।
निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएका नेगीले अव निर्मलाको न्यायका लागि गृहमन्त्रीले कुनै कसरबाँकी राख्न नहुने समेत गृहमन्त्री समक्ष आग्रह गरेकी छिन ।
अखिल नेपाल महिला संघ९क्रान्तिकारी० कञ्चनपुरका अध्यक्ष शान्ति शाहीले निर्मलाको न्यायका लागि अहिलेका गृहमन्त्री लेखकसंग आश भएको बताईन । ‘अहिले निर्मलाकै गृहनगरले गृहमन्त्री पाएको छ, ‘उनले भनिन, ‘यतिबेलामा पनि निर्मलाले न्याय नपाए कहिले पाउने रु’ शाहीले उतिबेला एमाले–माअोवादी सरकार हुँदा काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ताहरुले निर्मलाका हत्यारा खै रु भन्दै सरकार बिरुद्धमा सडक तताउने अहिले काँग्रेसले नै गृृहमन्त्री पाएकाले निर्मलाका हत्यारा सार्वजनिक गर्न ढिलासुस्ती गर्न नहुने बताए ।
यसका साथै अखिल नेपाल महिला संघ९क्रान्तिकार०ले हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईको समेत माग अघि सारेका छन ।
सीमाक्षेत्र गड्डाचौकी नाकामा भारतीय र नेपाल पक्षबाट भईरहेको आतङ्क रोक्नुपर्ने, आरक्षपीडितको पुर्नस्थापना, महिलाको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन । कञ्चनपुरकि १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछी हत्या भएको ६ वर्ष वितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले आफु निर्मलाको न्यायका लागि गम्भिर भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईँदै
२०८१ पुस २७ गते । काठमाडौं । ३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, आज नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन
सुदूरपश्चिममा पुष २९ गते सार्वजनिक बिदा
२०८१,पुष २७ गते । सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर
एसईई मा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
२०८१ पौष ०५ गते, शुक्रबार । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ एनजी आएको विषयको मात्रै
प्रतिकृया दिनुहोस