कैलालीमा जापानिज इन्सेफलाइटिस बाट दुई जनाको मृत्यु, ४ जनामा संक्रमण पुष्टि

​​​​​२०८१ भदौ १९ गते बुधबार, धनगढी । जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ।

 

लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट जिल्लाको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ।

 

यस्तै, जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले बताइन्।

 

उनले  गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको बताइन्। 

प्रतिकृया दिनुहोस

कञ्चनपुरका वडाध्यक्षको तरकारी खेती मोह, साँझ अबेरसम्म तरकारी बारीमा व्यस्त

२०८१ पुस २७ गते । शुक्लाफाँटा। कञ्चनपुरका शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् ।

शुक्लाफाँटा नगरपालिका का सामुदायिक तथा संस्थागत विद्यालयमा तीन दिन जाडो विदा

२४ पौष, २०८१, झलारी। शुक्लाफाँटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा दिएको छ। केही दिनयता सीतलहरका कारण चिसो बढेपछि

कैलालीको चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता

२०८१ असोज १४ गते सोमबार, कैलाली । काठ कटानी गरेर आम्दानी भएको सामुदायिक वनको पैसा काठ संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको छ ।   कैलाली को