धनगढी विमानस्थलबाट ८ लाख ४० हजार मूल्यका २१ वटा एप्पल आइ–फोन मोबाइल सहित एक जना पक्राउ
धनगढी विमानस्थलबाट ८ लाख ४० हजार मूल्यका आइ–फोनसहित एक जना पक्राउ परेका छन्।
सोमबार धनगढी उपमहानगरपालिका–१३ स्थित धनगढी विमानस्थलबाट आइ–फोनसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो। विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेशबाट भित्र प्रवेश गर्दा सोही प्रवेश द्वारको नजिक रहेको एक्सरे मेसिनमा काठमाण्डौँ पठाउने भनि घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरीले कार्टुनमा प्याक गरी ल्याएका आइ—फोन प्रहरीले बरामद गरेको छ।
करिब ८ लाख ४० हजार मूल्यका एप्पल कम्पनीका २१ वटा आइ–फोन मोबाइल बरामद गरेर चौधरीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बरामद गरिएका सामान त्रिनगर भन्सार कार्यालय पठाउने प्रहरी जनाएको छ।
आज पुष महिनाको पहिलो आइतबार, सूर्यदेवको विशेष पूजा र आराधना
७ पुष २०८१, आईतवार आज पुस महिनाको पहिलो आइतबारको अवसरमा भगवान् सूर्यको विशेष पूजा आराधना गरिँदैछ। वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई
यस वर्षको बडादशैँ सकियो
२०८१ कार्तिक ०१ गते बिहीबार । यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप
कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन, पूर्णिमा भोलि, ‘कोजाग्रत’ आज
२०८१ असोज ३० गते बुधबार, । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि
प्रतिकृया दिनुहोस