धनगढी विमानस्थलबाट ८ लाख ४० हजार मूल्यका २१ वटा एप्पल आइ–फोन मोबाइल सहित एक जना पक्राउ

धनगढी विमानस्थलबाट ८ लाख ४० हजार मूल्यका आइफोनसहित एक जना पक्राउ परेका छन्।

 

सोमबार धनगढी उपमहानगरपालिका१३ स्थित धनगढी विमानस्थलबाट आइफोनसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो। विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेशबाट भित्र प्रवेश गर्दा सोही प्रवेश द्वारको नजिक रहेको एक्सरे मेसिनमा काठमाण्डौँ पठाउने भनि घोडाघोडी नगरपालिका१ सुखडका २७ वर्षीय राजु चौधरीले कार्टुनमा प्याक गरी ल्याएका आइफोन प्रहरीले बरामद गरेको छ।

 

करिब ८ लाख ४० हजार मूल्यका एप्पल कम्पनीका २१ वटा आइफोन मोबाइल बरामद गरेर चौधरीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बरामद गरिएका सामान त्रिनगर भन्सार कार्यालय पठाउने प्रहरी जनाएको छ।

प्रतिकृया दिनुहोस

पौष शुक्ल पूर्णिमा देखि शुरु भएको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक आज समापन गरिँदै

३० माघ, २०८१ ।  माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले

कानुनी रूपमा अलग भए एलिना र विष्णु

मंगलबार, माघ २९, २०८१, काठमाडौं । गायिका एलिना चौहानले औचारिक रूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको बताएकी छन् । मंगलबार सामाजिक सञ्जालबाट एलिनाले

‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ले युट्युबमा पायो १० करोड भ्यूज, गायिका शान्तिश्री हर्षित

२०८१ माघ २७ गते, । चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको ‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ गीत युट्युबमा १०(१० करोडभन्दा बढी पटक हेरिएका