सुदूरपश्चिम प्रदेशमा २० वर्ष नपुग्दै आमा बन्ने किसोरीहरुको संख्या वर्षेनि बढ्दै
२०८१ भदौ १७ गते सोमबार, कञ्चनपुर। सुदूरपश्चिममा उमेर नपुग्दै चार हजार बढी महिलाले बच्चा जन्माएका छन्। यस्तो संख्या वर्षेनि बढ्दै गएको छ।
उमेर नपुग्दै बच्चा जन्माउने महिलाको संख्या सबैभन्दा बढी कैलालीमा देखिएको छ।
स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कले सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९र८० मा ४ हजार ४५५ महिला २० वर्ष नपुग्दै आमा बनेको देखाएको छ। सो वर्ष प्रदेशभर ४२ हजार ६४२ महिला सुत्केरी भएको तथ्याङ्क छ।
जसअनुसार कुल सुत्केरीको १० दशमलव ४५ प्रतिशत महिला २० वर्ष नपुग्दै सुत्केरी भएका छन्। कैलालीमा आर्थिक वर्ष २०७९र८० मा एक हजार ७१९ महिला २० वर्ष नपुग्दै आमा बनेका छन्। तथ्याङ्कले बझाङमा ४६८ महिला २० वर्ष नपुग्दै सुत्केरी भएका छन्।
विवाहको कानुनी उमेर नपुग्दै बाजुरामा ४३८ महिला आमा बनेका छन्। यसैगरी कञ्चनपुरमा ४११, अछाममा ४०९, डोटीमा ३२६, डडेल्धुरामा २५९, बैतडीमा २३३ र दार्चुलामा १९५ महिला २० वर्ष नपुग्दै आमा बनेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ। यस्तै आर्थिक वर्ष २०८०र८१ मा सुदूरपश्चिममा कुल ३८ हजार ८५३ महिला सुत्केरी भएका छन्। जसमध्ये २० वर्ष भन्दा कम उमेरमा सुत्केरी हुनेको सङ्ख्या ४ हजार ३८ देखिएको छ।
यो कुल आमा बन्ने जनसंख्याको १० दशमलव ३९ प्रतिशतमा हो। गत आर्थिक वर्षमा २० वर्ष नपुग्दै आमा बन्ने महिलाको संख्या कैलालीमा बढी छ। कैलालीमा १ हजार ४५८ जना महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन्।
गत आर्थिक वर्ष कञ्चनपुरमा ५०३, बझाङमा ३९९, अछाममा ३७८, डडेल्धुरामा ३१०, डोटीमा २७२, बाजुरामा २६४, दार्चुलामा २२९ र बैतडीमा २२५ महिला २० वर्ष पूरा नहुँदै आमा बनेका छन्।
आज पुष महिनाको पहिलो आइतबार, सूर्यदेवको विशेष पूजा र आराधना
७ पुष २०८१, आईतवार आज पुस महिनाको पहिलो आइतबारको अवसरमा भगवान् सूर्यको विशेष पूजा आराधना गरिँदैछ। वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई
यस वर्षको बडादशैँ सकियो
२०८१ कार्तिक ०१ गते बिहीबार । यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप
कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन, पूर्णिमा भोलि, ‘कोजाग्रत’ आज
२०८१ असोज ३० गते बुधबार, । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि
प्रतिकृया दिनुहोस