आज कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन मनाइँदै
२०८१ भदौ १७ गते सोमबार । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ ।
यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।
बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरे गरिएको छ ।
भाद्र कृष्ण औैंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले बताए ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।
झलारीमा सुनचाँदी व्यवसायी संघद्धारा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न
२०८१ भाद्र २४ गते, सोमबार, झलारी । महाकाली सुनचाँदी व्यवसायी संघले आइतबार झलारीमा तीज विशेष कार्यक्रममा मनाएको छ । हरितालिका तिजको अवसरमा सुनचाँदी
ऋषि पञ्चमीका दिन महाकाली नदीमा स्नान गर्न ब्रतालुहरुको भीड
२०८१ भदौ २३ गते आइतबार, महेन्द्रनगर । ऋषि पञ्चमीका दिन महाकाली नदिमा ब्रतालुहरुको भीड लागेको छ । तिजको अन्तिम दिन हिन्दू महिलाहरुले सप्त ऋषिको पूजा
प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा स्नान गर्न व्रतालु महिलाहरुको भिड
२०८१ भदौ २३ गते आइतबार,अत्तरिया । कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा स्नान गर्न व्रतालु महिलाहरुको भिड लागेको छ । गोदावरी नदीमा स्नान गर्न
प्रतिकृया दिनुहोस