शुक्लाफाँटामा धर्मजनताका शिक्षक माथी विद्यालय हाताभित्रै हातपात, दोषिलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित

२०८१ भदौ १६ गते आईतबार, झलारी। कञ्चनपुरमा विद्यालय हाताभित्रै एक शिक्षकमाथि हातपात गरिएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिकामा रहेको धर्मजनता माध्यामिक विद्यालयका शिक्षक गणेश सिँह धामीमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

 

आईतबार बिहान विद्यालय समयमा बिद्यालय पुगेका शिक्षकले युवाहरुलाई विद्यालय हाता बाहिर जान भने पछि एक्कासी स्थानिय युवाहरुले सांधातीक हमला गरका हुन् । घटनामा संलग्नालाई कारबाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएकाछन् ।

 

हमलाबाट शिक्षक गणेश सिंह धामी गम्भीर घाईते भएका छन् । उनको आँखा, पेट र ढाडमा चोट लोको छ । सांघातीक हमला गर्ने माथी आवश्यक कारबाही र शान्तिसुरक्षाको माग गर्दै विद्यालयले प्रहरी कार्यलयमा निवेदन दिएको प्रहरीले बताएको छ । शुक्लाफाँटा नगरपालिकाको वडा नं। ७ स्टेशनपुरमा रहेको धर्मजनता माध्यामिक विद्यालयका शिक्षक धामीलाई स्थानिय भुवन राज जोशी र अमित चौधरीले कुटपिट गरेका हुन ।

 

कुटपिटबाट माध्यामिक तह अध्यापन गराउँदै आएका शिक्षक धामीको आँखा, ढाड र पेटमा चोटलागेको र घटना पछि विद्यालय क्षेत्र त्रसित बनेको विद्यालयका प्रधानाध्यापक हरिदत्त बागले बताए । सांघातीक हमलाबाट घाईते शिक्षक धामीको झलारीमा रहेको टि एण्ड सी अस्पतालमा उपचार भैरहेको छ । घटनमा संलग्न भुनव जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अर्का चौधरीको खोजी भैरहेको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठले बताउनुभयो । उनका अनुसार प्रहरीले घटनाको विस्तृत अध्ययन गरिरहेको बताउनुभयो ।

 

आक्रणबाट घाईते भएका शिक्षक गणेश सिंह धामीका अनुसार बिहान विद्यालय समयमा विद्यालय हातामा रहेका युवाहरुलाई सम्झाई बुझाई विद्यालय क्षेत्रबाट बाहिर जान भने पछि एक्कासी हमला गरिएको बताउनुभयो । विभिन्न आपराधिक घटनामा संलग्न रहेका जोशी र चौधरीलाई शिक्षकले विद्यालय समयमा विद्यालय हातामा नबस्न भने पछि शिक्षक माथि एक्कासी हमला भएको विद्यालयले प्रहरीमा दिएको निवेदनमा उल्लेख गरिएको छ ।

 

विद्यालयले कुटपिटमा संलग्न रहेकाहरु विद्यालय समयमा पटक पटक आउने गरेको र छात्राहरुलाई जिस्काउने गरेकाले आवश्यक कारबाहीको माग गर्दै विद्यालयमा शान्ति सुरक्षाको माग समेत गरेको छ ।  धर्मजनता माध्यमीक विद्यालयका विद्यार्थीहरुले शिक्षक माथी आक्रमण गर्ने युवाहरुलाई कारबाहीको माग गर्दै आईतबार झलारी बजारमा प्रर्दशन समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

झलारीको खुल्ला मञ्चमा राप्रपाले डेउडा कार्यक्रम आयोजना गर्दै

 २०८१ भाद्र २४ गते, सोमबार, झलारी। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा शुक्लाफाँ नगर कार्य समितिले डेउडा कार्यक्रम गर्ने भएको छ। शुक्लाफाँ

नेपाल टेलिकम बैतडी टावरमा कुनै तोडफोड नभएको टेलिकमको जिकिर

२०८१ भाद्र २४ गते, सोमबार, बैतडी । नेपाल टेलिकम बैतडीले टावरमा कुनै तोडफोड नभएको बताएको छ । जिल्लास्थीत सिगास गाउँपालिका – १ मा रहेको टेलिकमको

बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित खौलाबजार पहिरो र कटानको उच्च जोखिममा

२०८१ भाद्र २४ गते सोमबार, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित खौलाबजार बाढी,पहिरो र कटानको उच्च जोखिममा रहेको छ । सनीगाड र