डडेल्धुराको आलितालमा भरूवा बन्दुकसहित दुई जना पक्राउ
२०८१ भदौ १६ गते आईतबार, आलिताल । डडेल्धुरामा एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको आलिताल गाउँपालिका–६ धिमडाबाट एकनाले भरूवा बन्दुक र सो बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित उक्त वडाको फल्ले खर्कका ५१ वर्षीय वीरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार राति बन्दुकसहित पक्राउ गरेको हो ।
दुबै जनामथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका वडाध्यक्षको तरकारी खेती मोह, साँझ अबेरसम्म तरकारी बारीमा व्यस्त
२०८१ पुस २७ गते । शुक्लाफाँटा। कञ्चनपुरका शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् ।
शुक्लाफाँटा नगरपालिका का सामुदायिक तथा संस्थागत विद्यालयमा तीन दिन जाडो विदा
२४ पौष, २०८१, झलारी। शुक्लाफाँटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा दिएको छ। केही दिनयता सीतलहरका कारण चिसो बढेपछि
कैलालीको चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता
२०८१ असोज १४ गते सोमबार, कैलाली । काठ कटानी गरेर आम्दानी भएको सामुदायिक वनको पैसा काठ संकलनकर्तादेखि वडाध्यक्षसम्मलाई बाँडिएको छ । कैलाली को
प्रतिकृया दिनुहोस