शुक्लाफाँटा–११ मा देउडा विशेष कार्यक्रम आयोजना
२०८१ भदौ १६ गते आईतबार, झलारी । शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा देउडा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
वडा कार्यालय र साथी संस्थाको सहकार्यमा गौरा तथा तीज पर्वको अवसर पारेर देउडा कार्यक्रम आयोजना गरिएको हो। शनिबारदेखि सुरू भएको देउडा कार्यक्रको उद्घाटन वडा अध्यक्ष शेर बहादुर साउदले गरेका थिए। सुदूरपश्चिमको मुख्य देउडा संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रमको आयोजना गरिएको उनले बताए । देउडाका मौलिक गीतहरु हराउँदै जान थालेका छन्, यसको जगेर्ना गर्न अत्यन्त आवश्यक छ, उनले भने ।
निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले पुरानो रितितिथी र संस्कारसँग जोडिएका कुराहरुलाई बचाई राख्न युवा पिढीहरुले अगाडी सर्नु पर्ने बताए। ञदेउडा कार्यक्रम आयोजना गर्दा संस्कृति जोगिन्छनै,झ उनले भने, यसबाट नयाँ पिढीका युवाहले संस्कृतिबारे बुझ्ने र जान्ने अवसर प्राप्त गर्दछन् । देउडा गायक अम्बादत्त जोशीले देउडाका पुराना भाकाहरुलाई सबैले मिलेर जोगाउनु पर्ने बताए। समाजसेवी भक्तराज जोशीले पुरानो संस्कृतिलाई पुस्तान्तरण गर्दै लैजानु पर्नेमा जोड दिए।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता उत्तमराज भट्ट, वडा सदस्य, निवर्तमान वडा सदस्य शिवराज भट्ट, अधिवक्ता उद्धवराज भट्ट, श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष अमर बहादुर ऐर, देउडीया दिल्लीराज पनेरु, दुर्गा भट्ट, देउडा गायक करन सिंह ऐर, समाजसेवी, संस्कृति प्रेमीहरुको कार्यक्रममा उपस्थीति रहेको थियो ।
तिन दिन सम्म चल्ने देउडा प्रतियोगितामा विभिन्न विषयमा देउडा प्रतिष्प्रधा हुने आयोजनले बताएको छ ।
आज पुष महिनाको पहिलो आइतबार, सूर्यदेवको विशेष पूजा र आराधना
७ पुष २०८१, आईतवार आज पुस महिनाको पहिलो आइतबारको अवसरमा भगवान् सूर्यको विशेष पूजा आराधना गरिँदैछ। वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई
यस वर्षको बडादशैँ सकियो
२०८१ कार्तिक ०१ गते बिहीबार । यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप
कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन, पूर्णिमा भोलि, ‘कोजाग्रत’ आज
२०८१ असोज ३० गते बुधबार, । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि
प्रतिकृया दिनुहोस