टिकटक माथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

२०८१ भदौ ०७ गते शुक्रबार, काठमाडौं । सरकारले टिकटक खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बाले जानकारी दिए ।

 

टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुन सहमति जनाएपछि प्रतिबन्ध हटाइएको हो ।

 

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्ने नीतिअनुरूप सरकारले टिकटकमाथिको प्रतिबन्धन हटाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

गत साउन २४ गते प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीसँगको छलफलमा टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।

 

०८० कार्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

धनगढीमा नदी कटान रोक्न ६ हजार बाँस रोपिँदै

२०८१ भदौ २६ गते बुधबार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्ष ६ हजार बाँसका बिरुवा रोप्ने भएको छ। मङ्गलवार बाँस रोप्ने अभियानको

दूरसञ्चारले टिकटकको सबैखाले प्रतिबन्ध हटाएसँगै सबै इन्टरनेटमा टिकटक चल्यो

२०८१ भदौ २२ गते शनिबार, काडमाण्डौँ । सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै

पहिलोपटक धनगढीमा  खुला उड्ने चराको घर निर्माण गरियो

२०८१ भदौ १६ गते आईतबार, धनगढी । कैलालीको धनगढीमा पहिलोपटक खुला उड्ने चराको घर निर्माण गरिएको छ ।   खुला उडानले पछिल्लो समय हुँदै गरेको वनविनाश र